Gopal Joshi, Author at युग दर्पण https://www.yugdarpan.com/archives/author/joshigopal2055 www.yugdarpan.com Sun, 13 Sep 2020 05:33:55 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png Gopal Joshi, Author at युग दर्पण https://www.yugdarpan.com/archives/author/joshigopal2055 32 32 178717794 तरकारीले बजार पाएन https://www.yugdarpan.com/archives/2066 https://www.yugdarpan.com/archives/2066#respond Sun, 13 Sep 2020 05:33:55 +0000 http://www.yugdarpan.com/?p=2066 नेपालगञ्ज । बाँकेमा उत्पादन भएको तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदा किसानहरु मर्कामा परेका छन् । बजारसम्म तरकारी बिक्रीका लागि पुर्याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसानहरु बाध्य छन् । “कहिले नेपालगञ्ज क्षेत्रमा निषेधाज्ञा, कहिले कोहलपुरमा, कहिले खजुरामा त कहिले अन्य गाउँपाािलका क्षेत्रमा हुने निषेधाज्ञाका कारण उत्पादन भएको तरकारीले बजार नपाउादा लगानी पनि उठाउन सकिने अवस्था छैन”, कोहलपुरका किसान लक्ष्य खड्काले

The post तरकारीले बजार पाएन appeared first on युग दर्पण.

]]>
नेपालगञ्ज । बाँकेमा उत्पादन भएको तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदा किसानहरु मर्कामा परेका छन् ।

बजारसम्म तरकारी बिक्रीका लागि पुर्याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसानहरु बाध्य छन् । “कहिले नेपालगञ्ज क्षेत्रमा निषेधाज्ञा, कहिले कोहलपुरमा, कहिले खजुरामा त कहिले अन्य गाउँपाािलका क्षेत्रमा हुने निषेधाज्ञाका कारण उत्पादन भएको तरकारीले बजार नपाउादा लगानी पनि उठाउन सकिने अवस्था छैन”, कोहलपुरका किसान लक्ष्य खड्काले भन्नुभयो ।

अहिले बसन्ते तरकारी उत्पादनको समय हो । यो सिजनमा बाँकेमा एक हजार ७५० हेक्टरमा तरकारी खेती हुन्छ भने सरदर २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । यो सिजनमा बाँकेमा लौका, करेला, भिन्डी, बोडी, टमाटर, काँक्रा, सागलगायतको तरकारी उत्पादन हुने गर्दछ । सबैभन्दा बढी काँक्रा खेतीमा संलग्न जिल्लाका किसानलाई मर्का परेको छ । पटकपटकको निषेधाज्ञाका कारण बिक्रीका लागि थोक बजारसम्म तरकारी पुर्याउन नसक्दा किसानहरु मर्कामा परेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ ।

नेपालगञ्ज आसपासको तरकारी थोक बजारमा बिक्रीका लागि ल्याउन सकिए पनि नेपालगञ्जदेखि टाढा कोहलपुर, बैजानाथ, नरैनापुर र राप्तीसोनारीको तरकारी बजार पठाउन किसानहरुलाई समस्या भएको छ । नेपालगञ्जमा तरकारीको थोक बजार खुला भए पनि कोहलपुरको थोक तरकारी बजार बन्द हुँदा समस्या भएको छ । निषेधाज्ञामा किसानहरुसँग आवातजावतको ‘पास’ नुहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको र यस सम्बन्धमा प्रशासनसँग पहल भइरहेको प्रमुख ढकालले बताउनुभयो ।

निषेधाज्ञाका कारण बाँकेमा उत्पादन भएको तरकारी किसानलाई बिक्री गर्न मात्रै समस्या छैन, किसानहरुले बिषादी तथा मलसमेत सहज तथा सुलभ तरिकाले पाएका छैनन् भने खेतीबारीमा काम गर्न आउजाउमा पनि समस्या भइरहेको उनीहरुको गुनासो छ ।

The post तरकारीले बजार पाएन appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/2066/feed 0 2066
५२ प्रतिशत सङ्क्रमणमुक्त घर फर्किए https://www.yugdarpan.com/archives/2063 https://www.yugdarpan.com/archives/2063#respond Sun, 13 Sep 2020 05:23:29 +0000 http://www.yugdarpan.com/?p=2063 काभ्रेपलाञ्चोक । काभे्रपलाञ्चोकको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन् । हालसम्म २३४ पुरुष र १४४ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १२१ पुरुष र ७५ महिलाले कोरोनालाई जितेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । कोरोना सङ्क्रमित एक पुरुष र एक महिलाको मृत्यु भएको छ । “जिल्लाका कूल सङ्क्रमितमध्ये

The post ५२ प्रतिशत सङ्क्रमणमुक्त घर फर्किए appeared first on युग दर्पण.

]]>
काभ्रेपलाञ्चोक । काभे्रपलाञ्चोकको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।

हालसम्म २३४ पुरुष र १४४ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १२१ पुरुष र ७५ महिलाले कोरोनालाई जितेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । कोरोना सङ्क्रमित एक पुरुष र एक महिलाको मृत्यु भएको छ । “जिल्लाका कूल सङ्क्रमितमध्ये ५२ प्रतिशत निको भएर घर फर्किएका छन्, हामी कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्दै सङ्क्रमितको उपचारमा दत्तचित्त छौँ”, पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भन्नुभयो ।

झाका अनुसार जिल्लामा कोरोना जित्नेमा बालबालिकादेखि वृद्धवृद्धासम्म छन् । जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८२ छ । सङ्क्रमितमध्ये १४२ अस्पताल आइसोलेसन र ४० होम आइसोलेसनमा रहेको पोष्टले जनाएको छ । होम आइसोलेसनमा बस्नेलाई नियमित स्वास्थ्य जाँच तथा उपचार सेवा पुर्याइरहेको झाले बताउनुभयो ।

त्यसो त काभ्रेपलाञ्चोकको सात स्थानीय तह हाल कोरोनामुक्त छन् । एक नगर तथा छ गाउँपालिका कोरोनामुक्त अवस्थामा रहेका हुन् । जिल्लाको १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् ।

जिल्लाकै कुल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ५१ दशमलव ०९ प्रतिशत सङ्क्रमित बनेपा नगरमा छन् । बनेपाका सङ्क्रमितमध्ये महिलाको तुलनामा पुरुषको सङ्ख्या दोब्बर छ । सबैभन्दा कम नमोबुद्ध नगर र भुम्लु गाउँपालिकमा दुई÷दुई रहेका छन् । पोष्टका अनुसार हाल सक्रिय सङ्क्रमितमध्ये बनेपामा ९३, धुलिखेल नगरमा ५०, पनौतीमा चार र पाँचखालमा १० छन् ।

नयाँ सङ्क्रमित देखिएलगत्तै ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने र स्वाब सङ्कलन गरी रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा राख्ने गरिएको झाले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमितको सम्पर्कमा आएकाहरु स्वतःस्फूर्त पिसीआर परीक्षणको दायरामा आए कोरोना सङ्क्रमण नियन्त्रणमा निकै सहज हुने थियो ।” उहाँका अनुसार कन्ट्याक्ट ट्रेसिङमा जनप्रतिनिधिको भूमिका निकै उत्साहपूर्ण देखिएको छ । जिल्लास्थित १३ स्थानीय तहमा हाल ९०३ शय्याको क्वारेन्टिन तथा २०९ शय्याको आइसोलेसन व्यवस्थित गरिएको छ ।

The post ५२ प्रतिशत सङ्क्रमणमुक्त घर फर्किए appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/2063/feed 0 2063
सन्दीप आईपीएल खेल्न यूएई उडे https://www.yugdarpan.com/archives/2059 https://www.yugdarpan.com/archives/2059#respond Sun, 13 Sep 2020 04:19:44 +0000 http://www.yugdarpan.com/?p=2059 काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर दुबई प्रस्थान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा संचालन हुन लागेको विश्वकै चर्चित तथा लोकप्रिय टि ट्वान्टी लिग ‘इण्डियन प्रिमियर लिग’ ९आईपीएल० खेल्न लामिछाने दुबई तर्फ लागेका छन् । ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गाएको उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन् । आईपीएल आगामी

The post सन्दीप आईपीएल खेल्न यूएई उडे appeared first on युग दर्पण.

]]>
काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर दुबई प्रस्थान गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा संचालन हुन लागेको विश्वकै चर्चित तथा लोकप्रिय टि ट्वान्टी लिग ‘इण्डियन प्रिमियर लिग’ ९आईपीएल० खेल्न लामिछाने दुबई तर्फ लागेका छन् ।

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गाएको उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।

सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन् । आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ । उनलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो ।

The post सन्दीप आईपीएल खेल्न यूएई उडे appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/2059/feed 0 2059
नेपाली सेनाको जहाज सडकमा गुड्यो https://www.yugdarpan.com/archives/2053 https://www.yugdarpan.com/archives/2053#respond Sun, 13 Sep 2020 04:01:32 +0000 http://www.yugdarpan.com/?p=2053 काठमाडौं । शनिबार साझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको जहाज गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्रहालय लगिएको छ । विमानस्थलबाट नारायणहिटीसम्म लैजाने विमानको पखेटा निकालिएको थियो भने अगाडीबाट गाडीले तानेको थियो । तीनकुनेमा रेलिङमा पछाडिको भाग ठोक्किएपछि केहीबेर नेपाली सेना र ट्राफिक प्रहरीलाई सास्ती पनि भयो । भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्राहलय लगिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

The post नेपाली सेनाको जहाज सडकमा गुड्यो appeared first on युग दर्पण.

]]>
काठमाडौं । शनिबार साझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको जहाज गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्रहालय लगिएको छ ।

विमानस्थलबाट नारायणहिटीसम्म लैजाने विमानको पखेटा निकालिएको थियो भने अगाडीबाट गाडीले तानेको थियो । तीनकुनेमा रेलिङमा पछाडिको भाग ठोक्किएपछि केहीबेर नेपाली सेना र ट्राफिक प्रहरीलाई सास्ती पनि भयो ।

भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्राहलय लगिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

The post नेपाली सेनाको जहाज सडकमा गुड्यो appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/2053/feed 0 2053
सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, सभामुख सिन्धुपाल्चोक आउँदै https://www.yugdarpan.com/archives/2049 https://www.yugdarpan.com/archives/2049#respond Sun, 13 Sep 2020 03:47:49 +0000 http://www.yugdarpan.com/?p=2049 सिन्धुपाल्चोक । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । “ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु”, शेर्पाले भन्नुभयो । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिनुभयो । नागपुजेमा कम्तीमा आठ घर

The post सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, सभामुख सिन्धुपाल्चोक आउँदै appeared first on युग दर्पण.

]]>
सिन्धुपाल्चोक । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । “ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु”, शेर्पाले भन्नुभयो ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिनुभयो । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।

पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक आउँदै हुनुहुन्छ । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गर्नुभएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।

The post सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, सभामुख सिन्धुपाल्चोक आउँदै appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/2049/feed 0 2049
पहिरोले तीन घर पुर्यो, एकको मृत्यु https://www.yugdarpan.com/archives/2044 https://www.yugdarpan.com/archives/2044#respond Sun, 13 Sep 2020 03:40:18 +0000 http://www.yugdarpan.com/?p=2044 बलेवा । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उहाँका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते हुनुभएको छ । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उहाँलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ । बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीवोटका तीन घरमा क्षति पुर्याएको

The post पहिरोले तीन घर पुर्यो, एकको मृत्यु appeared first on युग दर्पण.

]]>
बलेवा । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।

उहाँका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते हुनुभएको छ । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उहाँलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ ।

बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीवोटका तीन घरमा क्षति पुर्याएको स्थानीय केदार पौडेलले बताउनुभयो । आज बिहान ५ बजे खसेको पहिरोले तीनै घरका गोठमा समेत क्षति पुर्याएको छ । पहिरोको थप विवरण आउन बाँकी छ । प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ ।

The post पहिरोले तीन घर पुर्यो, एकको मृत्यु appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/2044/feed 0 2044
पाँच झोलुङ्गे पुलमा क्षति https://www.yugdarpan.com/archives/2039 https://www.yugdarpan.com/archives/2039#respond Sun, 13 Sep 2020 03:32:14 +0000 http://www.yugdarpan.com/?p=2039 गलकोट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । मिचेक घाटको पुल बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । घर्तीका अनुसार पुल मर्मत सँभार गर्नका लागि मात्रै रु एक करोडभन्दा बढी खर्च लाग्नेछ । यस्तै दलामचौर

The post पाँच झोलुङ्गे पुलमा क्षति appeared first on युग दर्पण.

]]>
गलकोट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । मिचेक घाटको पुल बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । घर्तीका अनुसार पुल मर्मत सँभार गर्नका लागि मात्रै रु एक करोडभन्दा बढी खर्च लाग्नेछ ।

यस्तै दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुल समेत बाढीले बगाएको छ । पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको बाढीले पाँच किलोमिटर सडकमा समेत क्षति पुर्याएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।

“अविरल वर्षासँगै आएको बाढीबाट ताराखोलामा ठूलो भौतिक क्षति भएको छ”, अध्यक्ष घर्तीले भन्नुभयो “बाढीका कारण झोलुङ्गे पुल, मोटरेबल पुल, जलविद्युत् तथा सडकमा क्षति पुगेको छ ।” घर्तीले सडक, जलविद्युत् तथा पुल मर्मत कार्य गर्न थालिए पनि ठूलो खर्च लाग्ने बताउनुभयो ।

गाउँपालिकाको अधिकांश भागमा आपूर्ति हुँदैआएको ३८० किलोवाटको ताराखोला लघु जलविद्युत् परियोजनामा विद्युत उत्पादन बन्द भएको छ । ताराखोला–१ पूरै र सिले र अर्गलको केही भाग बाहेक अन्य स्थान अन्धकार भएको छ । बाढीले लघु जलविद्युत् आयोजनाको इन्टेक, पोल तथा तारमा क्षति पुर्याएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सिन्जालिचोकदेखि करिमेला र मपेश खण्डमा मोटर बाटोमा बाढी पसेपछि मोटरबाटो बगाएको छ ।

The post पाँच झोलुङ्गे पुलमा क्षति appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/2039/feed 0 2039
पत्रकार कुट्नेलाई पक्राउ गर्न महासङ्घद्वारा प्रशासनलाई अल्टिमेटम https://www.yugdarpan.com/archives/2035 https://www.yugdarpan.com/archives/2035#respond Sun, 13 Sep 2020 03:23:44 +0000 http://www.yugdarpan.com/?p=2035 नगढी । कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ । पत्रकार महासङ्घ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष जगत साउदले बताउनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ बोहराले दोषीलाई आजसम्म पक्राउ गर्ने आश्वासन दिनुभएको छ । “हामीले सम्पूर्ण तरिकाले अनुसन्धान गरेका छौँ”, उहाँले भन्नुभयो “आइतबारसम्म

The post पत्रकार कुट्नेलाई पक्राउ गर्न महासङ्घद्वारा प्रशासनलाई अल्टिमेटम appeared first on युग दर्पण.

]]>
नगढी । कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ ।

पत्रकार महासङ्घ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष जगत साउदले बताउनुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ बोहराले दोषीलाई आजसम्म पक्राउ गर्ने आश्वासन दिनुभएको छ । “हामीले सम्पूर्ण तरिकाले अनुसन्धान गरेका छौँ”, उहाँले भन्नुभयो “आइतबारसम्म घटनामा संलग्नलाई समात्न सक्छौँ ।”

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका युवक शुक्रबार शौचालयमा मृतावस्थामा भेटिएका थिए । प्रहरीले दिएको जानकारीअनुसार थुनुवाकक्षभित्रै १९ वर्षीय युवकले आत्महत्या गरेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो ।

आत्महत्या भन्ने समाचार झुटो भएको र समाचार हटाउनुपर्ने भन्दै २०र२५ जना युवाको समूहले दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि कुटपिट गरेको थियो । समूहले सञ्चारगृहका सहसम्पादक जनक विष्टलगायतका पत्रकारमाथि कुटपिट गरेको थियो भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात गरेको थियो ।

The post पत्रकार कुट्नेलाई पक्राउ गर्न महासङ्घद्वारा प्रशासनलाई अल्टिमेटम appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/2035/feed 0 2035
विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु https://www.yugdarpan.com/archives/2031 https://www.yugdarpan.com/archives/2031#respond Sun, 13 Sep 2020 03:12:04 +0000 http://www.yugdarpan.com/?p=2031 काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताउनुभयो । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै सङ्क्रमणका कारण निधन

The post विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु appeared first on युग दर्पण.

]]>
काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताउनुभयो ।

गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिंह राजपुतले जानकारी दिनुभयो । यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।

स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना सङ्क्रमणदर सामान्यरूपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना–१९ बाट सङ्क्रमित छन् ।

कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् । यस्तै नेपालमा शनिबारसम्म ५३ हजार १२० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ३७ हजार ५२४ कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ७० दशमलव छ प्रतिशत हो । हालसम्म नेपालमा ३३६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

कोरोना सङ्क्रमणका कारण नेपालसहित विश्वभर जम्मा ५७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । यस्तै विश्वभर ९० हजार ७६७ जनामा नेपालीमा सङ्क्रमण देखिएको छ भने तीमध्ये ७१ हजार ७१७ जना कोरोनामुक्त भएका छन् । नेपालसहित कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या औसत ७८ दशमलव सात प्रतिशत रहेको छ ।

६१ हजार ७१० को उद्धार

कोरोना भाइरसको सङ्क्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धारकार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली सङ्घ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७१० नेपालीको उद्धार गरिएको छ ।

साउदीमा ६० शव अलपत्र

साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन् । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३०० नेपालीहरुको शव नेपाल ल्याइएको छ ।

गैरआवासीय नेपाली सङ्घको अनुरोध

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गर्नुभएको छ । विदेशमा पिसीआर परीक्षण गराएर नै स्वदेश जाने भए पनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डा सापकोटाले आग्रह गर्नुभएको हो ।

सङ्क्रमण जुनसुकै बेला पनि हुनसक्ने जोखिम रहेकाले यात्रापछि पनि ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्नेजस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि उहाँले अनुरोध गर्नुभयो । यसका साथै स्वदेश फर्कन चाहने नेपालीलाई पनि संयमित भएर आफ्नो उडानको प्रतीक्षा गर्न र त्यसका लागि आवश्यक पिसीआर परीक्षण समयमै गर्न समेत डा सापकोटाले आग्रह गर्नुभएको छ ।

The post विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/2031/feed 0 2031
व्यावसायिक खेतीबाट राम्रो आम्दानी लिँदै कृषक https://www.yugdarpan.com/archives/2026 https://www.yugdarpan.com/archives/2026#respond Sun, 13 Sep 2020 03:06:19 +0000 http://www.yugdarpan.com/?p=2026 खाँदबारी । लकडाउनको अवधि बढेसँगै सङ्खुवासभामा कृषकले आफ्नो आम्दानी बढाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमणले बजार क्षेत्र सुनसान र हिँडडुलमा समस्या भए पनि गाउँमा भने कोरोना सङ्क्रमणले कृषकलाई आफ्नो पेशामा समय दिन साथ दिएको सभापोखरी गाउँपालिका–२ का कृषक मानध्वज राईले बताउनुभयो । स्कूल क्याम्पस सबै बिदा छ । छोराछोरी सबै गाउँमै हुँदा खेतीपातीमा धेरै सहजता आएको भन्दै अहिले आफूसहित सपरिवार खेतबारीमै व्यस्त हुने गरेको जानकारी राईले दिनुभयो । आँप,

The post व्यावसायिक खेतीबाट राम्रो आम्दानी लिँदै कृषक appeared first on युग दर्पण.

]]>
खाँदबारी । लकडाउनको अवधि बढेसँगै सङ्खुवासभामा कृषकले आफ्नो आम्दानी बढाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमणले बजार क्षेत्र सुनसान र हिँडडुलमा समस्या भए पनि गाउँमा भने कोरोना सङ्क्रमणले कृषकलाई आफ्नो पेशामा समय दिन साथ दिएको सभापोखरी गाउँपालिका–२ का कृषक मानध्वज राईले बताउनुभयो ।

स्कूल क्याम्पस सबै बिदा छ । छोराछोरी सबै गाउँमै हुँदा खेतीपातीमा धेरै सहजता आएको भन्दै अहिले आफूसहित सपरिवार खेतबारीमै व्यस्त हुने गरेको जानकारी राईले दिनुभयो । आँप, लिची, केरा, कागती, सुन्तला, मेवा, भुइँकटहरलगायतका १०० भन्दा बढी फलफूलको बिरुवा लगाएको राईले बताउनुभयो । बेसार, अदुवा, सिमीलगायतका सागसब्जी रोपेर आम्दानीको स्रोत बढेको भन्दै कोरोना सङ्क्रमणले लामो समयदेखि आम्दानी नै लिन नसकिएको खेतबारीबाट समेत केही वर्षपछि राम्रो आम्दानी जुटाउन सकिने वातावरण तयार भएको राईको भनाइ छ । राईले परिश्रम, जैविक खानपिन र सरसफाइबाटै कोरोनालाई परास्त गर्न सकिने भन्दै कोरोनासँग डराएरभन्दा श्रम र पसिना बगाउन सके आर्थिक प्रगति हुनुका साथै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाएर रोगलाई भगाउन सकिने धारणा राख्नुभयो ।

सभापोखरीका मानध्वज मात्रै होइन, सङ्खुवासभाका धेरै कृषकले लकडाउनको समयमा खेतीपातीबाट राम्रो आम्दानी बढाएका छन् । खाँदबारी–४ पाङ्माका दाजुभाइ गङ्गाराज र बलबहादुर कुलुङ राईले समेत लकडाउनले कृषकलाई राम्रो अवसर दिएको बताउनुभयो । उहाँहरुले आफ्नो सात रोपनी र छिमेकीसँग भाडामा लिएको दुई रोपनी गरी नौ रोपनी जग्गामा टमाटर, प्याज, काउली, सागलगायतका तरकारी बाली लगाउनुभएको छ । बाह्र वटा टनेलमा दाजुभाइले मिलेर लगाएको टमाटर, सागसब्जीलगायतका फलफूल किन्न उपभोक्ताहरु करेसाबारीमै पुग्ने गरेका गङ्गाराजले बताउनुभयो । रु पाँच लाखको लगानीमा शुरु गरेको तरकारी बाली खरिद गर्न र हेर्नका लागि स्थानीय उपभोक्ता, जनप्रतिनिधिसमेत पुग्ने गरेको र सहयोग गर्ने आश्वासनसमेत दिएकाले व्यावसायिकरूपमा कृषि पेशामा लाग्न थप हौसला जुटेको उहाँको भनाइ छ । लकडाउनका कारण अन्य जिल्लाबाट तरकारी फलफूल नआउँदा आफ्नो उत्पादनले राम्रो मूल्य र बजारसमेत पाएको भन्दै आफूले वर्षैपिच्छे धान खेती घटाउँदै व्यावसायिक फलफूल र सागसब्जी खेती बढाउँदै लैजाने योजना राखेको उहाँले बताउनुभयो ।

बजारतिर जताततै कोरोना भाइरसको आतङ्क बढेको छ । बाहिर बिनाकाम भौँतारिनुभन्दा कृषिमै समय दिन सकियो भने जीविकोपार्जन र आर्थिक अवस्थामा समेत सुधार ल्याउन सकिन्छ भन्ने कुरामा आफूहरुको विश्वास बढेको कृषक राईले बताउनुभयो । व्यावसायिक कृषिका लागि केही तालिम र सहुलियत ऋणको व्यवस्था हुने हो भने ठूलो सङ्ख्यामा विदेशिएका युवालाई आफ्नै गाउँमा रोजगारी दिलाएर उनीहरुको आयस्तर उकास्न सकिने राईको भनाइ छ ।

यता खाँदबारी–२ चेवाका तेजबहादुर कार्कीले पनि यस वर्ष तरकारी र फलफूल खेतीबाट राम्रो आम्दानी लिएको बताउनुभयो । केही वर्षअघिदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न कार्कीले पाँच रोपनी जग्गामा काउली, साग, गाजर, टमाटर, काँक्रो सिमीलगायत सागसब्जी खेती गर्दै आउनुभएको छ । अघिल्लो वर्षदेखि नै व्यावसायिक कृषिमा लाग्नुभएका उहाँले यस वर्ष कोरोनाका कारण गरिएको लकडाउनको समयमा तरकारी खेतीबाट अघिल्ला वर्षभन्दा राम्रो आम्दानी लिएको बताउनुभयो । यातायातको सुविधासमेत थपिएकाले कार्कीले आफ्नो उत्पादन ट्र्याक्टरमार्फत पनि स्थानीय मानेभञ्ज्याङ र खाँदबारी बजारसम्म बिक्रीका लागि लैजाने गरेको बताउनुभयो । शारीरिक श्रमसँगै खेतबारीको स्याहारसुसार गर्दा परिवार खुशी रहेको र मासिकरूपमा मल बीउको खर्च कटाएर रु ५० हजारभन्दा आम्दानी गरिरहेको कार्कीको भनाइ थियो ।

गत वर्ष उत्पादनले कम मूल्य पाउने, बिक्री गर्न समस्या हुने भए पनि यस वर्ष आफूले सबै उत्पादन सहजरूपमा बजारमा बिक्री गर्न सकेको भन्दै कृषकलाई उँभो लगाउन र व्यावसायिक कृषिमा आकर्षण गर्न स्थानीय पालिकाहरुले योजना अघि सार्नुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन सरकारले मल र बीउमा अनुदानको व्यवस्था गर्दै कृषि बीमाको व्यवस्थालाई सहज पार्नुपर्नेमा जोड दिनुभयो ।

लकडाउनका कारण गाउँ फर्किएका जनशक्ति कृषि पेशामा संलग्न हुँदा यस वर्ष सङ्खुवासभाको कृषि उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख गोविन्दप्रसाद आचार्यले सङ्खुवासभामा कूल खेतीयोग्य जमिन ३१ हजार ५८६ हेक्टरमध्ये १३ हजार ८५१ हेक्टर धान खेतीयोग्य जमिन रहेको जानकारी दिनुभयो । गत वर्ष १३ हजार ३९४ हेक्टरमा धान खेती गरिएकामा यस वर्ष थप २७७ हेक्टर गरी १३ हजार ६७१ हेक्टरमा धानखेती गरिएको ज्ञान केन्द्रका प्रमुख आचार्यको भनाइ छ । कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले लगाएको लकडाउनका कारण जिल्लाबाहिर रहेको जनशक्ति घर फर्किएको, बर्सातले राम्रो साथ दिएको र अधिकांश परिवारका सदस्य अहिले खेतीपातीमा संलग्न हुने वातावरण बनेकाले यस वर्ष कृषि उत्पादनमा समेत उल्लेख्य वृद्धि हुने आँकलन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख आचार्यले जानकारी दिनुभयो ।

The post व्यावसायिक खेतीबाट राम्रो आम्दानी लिँदै कृषक appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/2026/feed 0 2026