यति राति किन बन्दुक पड्कियो दरबारमा ?
साँझ कसैलाई भोक थिएन । दिनभर आगो खाइएको थियो, आगै पिइएको थियो । बडासाहेब अझै उस्तै आहत भइरहेका थिए । कतिखेर, कतिखेर त्यही आहतकुण्डमा क्रोधाग्नि दन्काइरहेका थिए । धनहजुरीको कोठाभित्र, धनहजुरीकै पलङको छेउमा आफ्नो शिर राखेर भुईंमा बसेका थिए उनी । गजेन्द्रबाबु, उनकी श्रीमती, तेजेन्द्रबाबु र मालिक पनि छेउछाउमा थकित भएर बसिरहेका थिए । म ढोकाबाहिर उभिएको थिएँ । छड्के आँखाले भित्र हेरिरहेको थिएँ । बडासाहेब कतिबेला धनहजुरीलाई सम्झेर ’मेरी