हिक्मत भाट

यो हप्ताभित्र मन्त्रिपरिषद्लाई पूर्णता : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले सो कुरा बताएका हुन् । मन्त्रिपरिषदले कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’ उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए ।

ओखलढुङ्गामा प्रहरीलाई टिकटक चलाउन बन्देज

ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी ड्यिूटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य

कक्षा १२ को उत्तरपुस्तिकाको टिकटक

कक्षा १२ को उत्तरपुस्तिकाको भन्दै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भिडियो भाइरल भएको छ । कक्षा १२ को परीक्षासँग सम्बन्धित ३/४ वटा भिडियो सामाजिक सञ्जालहरुमा देखिएका छन् । जसमध्ये एउटामा राष्ट्रिय परीक्षा बोर्ड लेखिएको उत्तरपुस्तिका पल्टाइरहेको देखिन्छ । विद्यार्थीलाई मोबाइल राख्न नपाउने र उत्तरपुस्तिका परीक्षा हलबाहिर लैजान नपाउने व्यवस्था हुँदा पनि भिडियो कसरी बन्यो भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले छानबिन गर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । ‘अब कहाँ र कसले

भेडे खुर्सानी सेवन गर्नु भएको छ ? थाहा पाउनुहोस भेडे खुर्सानी सेवन गर्नुका यति धेरै फाइदाहरु

नेपालमा विभिन्न जातका खूर्सानीहरु पाइन्छ । त्यसमध्ये सोलेनेसी कुलको तरकारी हो खुर्सानी । प्राकृतिक रूपमा यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । ब्राजिललाई यसको उत्पत्ति स्थल मानिन्छ । यो बोलिभिया, इक्वेडोर र पेरुको मूल फल हो । खुर्सानी अन्तर्गत मीठो र पिरो प्रकारका खुर्सानी आउँदछन् । नेपालमा पिरोलाई खुर्सानी र मिठोलाई भेडेखुर्सानी भन्ने गरिन्छ । भारतमा यसलाई शिमला मिर्च भनिन्छ । सम्भवतः भारतबाट यो तरकारी नेपालमा प्रवेश गरेको हो ।

एकीकृत समाजवादीको पार्टी कार्यालय बानेश्वर आलोक नगरमा, शुक्रबार उद्घाटन

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन हुँदैछ । कामपा–३१, आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने भएका हुन् । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान १० बजे पार्टी कार्यालय उद्घाटन गर्ने जानकारी दिएका छन् । अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यहाँ

साढे पाँच सय वर्ष पुरानो लास, तर बढिरहेको छ कपाल र नङ

छिमेकी मुलुक भारतको हिमाचल प्रदेशस्थित गयू गाउँमा ५५० वर्ष पुरानो संरक्षित शव अर्थात् ममी छ । उक्त गाउँ स्पिति उपत्यकाको चिसो मरुभूमिमा समुद्र सतहभन्दा १ हजार ४९९ मिटर उचाइमा अवस्थित छ । भारत र चीनको सीमामा रहेको सो गाउँ आफ्नो प्राकृतिक सुन्दरताका लागि चर्चित छ । अझ सो गाउँमा रहेको साढे ५ सय वर्ष पुरानो शव हेर्नका लागि संसारभरका मानिसहरु आउने गरेका छन् । स्पिति घाटीको प्राचीन ताबो गुम्बाभन्दा करीब

पर्समा सधैँ बोकेर हिड्नुहोस् यी मध्ये कुनै एक चीज, हटेर जान्छ पैसाको कमी

वास्तुशास्त्र अनुसार केही यस्ता चिज छन्, जुन तपाईले सधै पर्समा राख्नुभयो भने पैसाको कमी हटेर जान्छ। पैसा हातमा नटिक्ने धेरैको समस्या हुन्छ। यस्ता केही चिज छन्, जुन चिस पर्समा राख्दा पैसाको समस्या हटेर जान्छ। लक्ष्मी माताको फोटोः वास्तुशास्त्र अनुसार पर्समा धनकी देवी लक्ष्मीको फोटो राख्दा पर्स कहिलै खाली हुदैन्। चामलको पोकाः बास्तुशास्त्र अनुसार चामल शुक्र ग्रहसँग रिलेटेड अन्न हो। त्यसैले भगवान् लक्ष्मीलाई चढाएको सानो एक पोका चामल सधै आफ्नो पर्समा

अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे !

भिटामिन सि खानुपर्छ यसले रोग सँग लड्ने शक्ती दिन्छ । भिटामिन ‘सी’ शरीरले आफैँ उत्पादन गर्न सक्दैन र हरेक दिन रोगसँग लड्नका लागि नयाँ कोषहरू बनाउन भिटामिन ‘सी’ आवश्यक पर्छ । अमिल चरी बारीमा नै उम्रन्छ यो दिन दिनै प्रयोग गर्न सकिन्छ, सस्तोमा नै पाइन्छ । विभिन्न बिरुवाको बारेमा जानकारी राख्नेहरूले चरी अमिलोलाई पानीमा उमालेर मुखमा कुल्ला गर्दा मुखको घाउ निको हुने बताउँछन् । युरोपतिर चरी अमिलोलाई सलादमा हालेर पनि

गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : लेखराज भट्ट

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । धनगढीमा आज बुधवार आयोजित छलफल कार्यक्रममा उहाँले गेटा मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले गेटा मेडिकल कलेज सञ्चालन भएसँगै सुदूरपश्चिमको विकासमा टेवा पुग्ने भन्दै कलेज सञ्चालनका लागि सबैले आ–आफ्नो ठाउँबाट दबाब दिनुपर्ने बताउनुभयो । उहाँले चिकित्सकले विश्वविद्यालयका रूपमा अघि बढाउनुपर्ने सुझाव दिँदै आएकाले यसमा सबैको

कोरोना बीमाका नाममा ‘ठगी’ : बीमा शुल्क उठाएर भुक्तानी दिएनन्

निर्जीवन बीमा कम्पनीहरुले सर्वसाधारणहरुलाई सास्ती दिएका छन् । कोरोना संक्रमण भएको दाबी पेश गरेको ७ दिनभित्रै रकम भुक्तानी गर्ने भन्दै बीमा कम्पनीहरुले शुरु गरेको कोरोना बीमा योजना अनुसार भुक्तानी नपाउनेको संख्या ठूलो छ । नियमनकारी निकाय बीमा समितिको तथ्यांक अनुसार अहिलेसम्म एक लाख जनाभन्दा बढीले कोरोना बीमावापत पाउनुपर्ने भुक्तानी पाएका छैनन् । शुरुमा केही बीमितलाई भुक्तानी दिए पनि गत फागुनदेखि बीमा कम्पनीहरुले भुक्तानी दिनै ठप्प पारेका छन् । बीमा समितिका