युग दर्पण

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता पन्नाकाजी महर्जनको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्ती जारी गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का पूर्व क्षेत्रीय सभापतिसमेत रहनुभएका ६७ वर्षीय महर्जनको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । महर्जनको आज बिहान काठमाडौँ महानगरपालिका–१५ डल्लुस्थित आफ्नै निवासमा निधन भएको थियो । विसं २०३६ देखि राजनीतिमा सङ्लग्न रहँदै आउनु भएका स्वर्गीय महर्जनले पार्टीको नवौँ

दुर्घटनामा प्रहरी हबलदारको मृत्यु

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बलान घर भएका सङ्घीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हबलदार विजयकुमार मण्डल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । को१प २११५ नंको मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मण्डलको टाउकामा गम्भीर चोट लागेकामा

आफ्नै ठाउँमा पिसीआर परीक्षण हुन थालेपछि उत्साहित

महोत्तरी । आफ्नै नगरमा पिसीआर परीक्षण हुन थालेपछि बर्दिवास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ । चारैतिर कोभिड–१९ सङ्क्रमणको सन्त्रास बढिरहँदा आफ्नै ठाउँमा स्वाब सङ्कलनदेखि परीक्षणसम्मका काम हुन थालेपछि आपत्कालमा पनि बर्दिवासवासीमा उत्साह छाएको हो । “अब स्वाब सङ्कलनपछि नतिजा ९रिपोर्ट० पाउन लामो समय कुर्नु परेन”, बर्दिवास नगरपालिकाले शुक्रबार बर्दिवास अस्पतालमै स्वाब सङ्कलन र परीक्षण थालेपछि बर्दिवास–२ का सामाजिक, राजनीतिक कार्यकर्ता मकरलाल विश्वकर्माले भन्नुभयो, “महाव्याधीको आपत्कालीन समयमा हाम्रा लागि यो निकै

बलात्कारको अभियोगमा पुजारी पक्राउ

राँझा । बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर ९पुजारी० बलात्कारको अभियोगमा पक्राउ परेका छन् । हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी नजिर मोहम्मद साईले झारफूक गर्ने बहानामा दुई महिलालाई बलात्कार गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यही भदौ १० गते

प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट

चितवनमा थप एक सङ्क्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । मिर्गौलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनीमा यही भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोना

धनगढीमा समुदायस्तरमा कोरोना परीक्षण गरिँदै

धनगढी । धनगढी उपमहानगरपालिकामा दिन प्रतिदिन समुदाय स्तरमा कोराना देखिन थालेपछि धनगढी उपमहानगरपालिका भोली देखि समुदाय स्तरमा कोरोना परिक्षण गर्ने तयारी शुरु गरेको छ । धनगढीमा भोली देखि थप ५ दिन निषेधाज्ञाको समय थप गरी समुदाय स्तरमा परिक्षणको दायरा बउाउँने तयारी भएको धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले बताए । उप–महानगरमा संक्रमण पुष्टि भएका झण्डै २२ प्रतिशत भन्दा बडी संक्रमित स्थानीय रहेका छन् । धनगढीमा स्थानीय संक्रमितको संख्या ४८ पुगेको

प्रस्तावित राजदूत त्रयको संसदीय सुनुवाई प्रक्रिया शुरु

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले जर्मनी, वेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाई प्रक्रिया अघि बढाएको छ । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव त्रय गेहेन्द्र राजभण्डारी९वेल्जियम र युरोपियन युनियन०, तापस अधिकारी ९पाकिस्तान० र रामकाजी खड्कालाई जर्मनीका लागि राजदूतमा सिफारिश गरी संसदीय सुनुवाईका लागि पठाएको थियो । समितिको शुक्रबारको बैठकले उक्त पदमा उहाँहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना

पृथ्वीराजमार्ग दुईतर्फी खुलाउने तयारी

दमौली । सुख्खा पहिराले शुक्रबार बिहान अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिका र सडक विभागको सहयोगमा हिजो नै सडक एकतर्फी बनाइएको थियो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरो डोजरले हटाएर एकतर्फीरुपमा सञ्चालन गरिएपनि दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साना–साना ढुङ्गा हिजै डोजरको सहायताले हटाइएपनि ठूला ढुङ्गा हटाउन ब्रेकरको प्रयोग गर्नुपर्ने भएकाले केही समय