आफू निर्वाचित भए सेवासुविधा बापतको पैसा नि:शुल्क एम्बुलेन्स सञ्चालनमा खर्च गर्न धामीको प्रतिबद्धता
दार्चुला ,अागामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरु प्रचार प्रसारमा लागेका छन् । दार्चुलामा प्रतिनिधि सभा सदस्यको लागि एक मात्रै निर्वाचन क्षेत्र रहेकोमा प्रदेश सभा सदस्यका लागि क र ख गरि दुई निर्वाचन क्षेत्र रहेको छ । प्रदेश सभा निर्वाचन क्षेत्र (क) तर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गरेका नेपाल पत्रकार महासंघ दार्चुला पुर्व अध्यक्ष शंकरसिह धामीले प्रचार प्रसार अभियान सुरु गरेको छ ।