विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड २० लाख पुग्यो
काठमाडौँ । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या दुई करोड २० लाख पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी अहिलेसम्म दुई करोड १९ लाख ८७ हजार २०७ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये सात लाख ७७ हजार १८ जनाको मृत्यु भइसकेको विश्वविद्यालयले जनाएको छ । सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म ५४ लाख ८० हजार ४८७ जना संक्रमित भएका छन् भने एक लाख ७१ हजार ६३६