युग दर्पण

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराउनुभएको हो । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका

नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य : राजदूत क्वात्रा

काठमाडौँ, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य रहिरहने बताउनुभएको छ । राजदूत क्वात्राले भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा नेपालको प्रगति, समृद्धि र विकासका साथै द्धिपक्षीय सम्बन्धको विकासमा भारतले बलियो आधार प्रदान गरेको बताउनुभएको हो । “सन् २०२१ मा भएका केही उच्चस्तरीय राजनीतिक भेटघाटले भारत–नेपाल साझेदारीलाई महत्वपूर्ण गति प्रदान गरेको छ”, उहाँले भन्नुभएको छ । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

गलकोट, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्‍याउनुभयो । सुन्तला टिपेर पोखरा पुर्‍याउनुभएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्‍यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उहाँले रु चार लाख बचत गर्नुभयो । सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उहाँले सुन्तलाको बढी

सुदूरपश्चिममा 'चेली त्यार' सुरु

डोटी, पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रुपमा बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा भने चेली त्यार पर्वसुरु भएको छ । माघी पर्वको रौनक सकिएसँगै डोटीसहित यहाँका विभिन्न जिल्लामा चेली त्यार सुरु भएको हो । विवाह गरेर पराइँ घर गएका छोरीचेलीलाई त्यार दिन यहाँका महिलालाई अहिले भ्याइनभ्याइ भएको छ । विवाह गरेर पराइँ अर्थात माइती घरमा गएकी छोरीचेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने चलनलाई स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात् त्यारमाडो दिने भन्ने गर्दछन्

स्थानीय तहको चुनाव सार्न मिल्दैन : एमाले नेता खरेल

झापा, नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताउनुभएको छ । आज झापाको विर्तामोडमा आयोजित पत्रAकार भेटघाट कार्यक्रममा उहाँले यदि संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताउनुभयो । “वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न मिल्दैन । यो स्थानीय निकाय होइन, स्थानीय सरकार हो । संविधानमा यसको अवधि पाँच वर्ष हुने स्पष्ट

गाउँ–गाउँमा ट्राफिक प्रहरी

बनियानी, जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘हर प्रहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय सवारी साधनको दुर्घटना बढेको भन्दै सोको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा सो अभियान सञ्चालन गरिएको कार्यालयका प्रमुख निशेष चापागाईंले जानकारी दिनुभयो । जिल्लाभरका १९ वटा ट्राफिक प्रहरी बिटमा कार्यरत ट्राफिक प्रहरीलाई परिचालन गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँले बताउनुभयो । माघ ४ गतेदेखि सञ्चालित अभियानअन्तर्गत ग्रामीण भेगका

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

काठमाडौँ, नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उहाँका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ

४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ

काठमाडौँ, उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा रु ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैङकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु ४० लाख जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ घर भई हाल काठमाडौँ बस्ने ४४ वर्षीय श्रेष्ठलाई आज पक्राउ गरेको

राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा

काठमाडौँ, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक निर्वाचन व्यवस्थापनका लागि गर्नुपर्ने शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत अरु सबै तयारी पूरा भइसकेको छ, बाँकी ती केही काम पनि

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

लण्डन, लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा बैंक कार्ड (भिजा डेबिट–क्रेडिट, मास्टर कार्ड डेबिट–क्रेडिट, सबै मेस्ट्रो कार्ड)मार्फत लिइने सूचनामा उल्लेख गरिएको छ । दूतावासले यसअघि पासपोर्ट, भिसालगायत कामका लागि लिने सेवाशुल्क नगद कारोबार मात्रै