युग दर्पण

डा. बाबुराम भट्टराई दिल्ली जाँदै

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई उपचारको सिलसिलामा नयाँ दिल्ली जाने भएका छन्। नेपाल वायुसेवाको विमानबाट उनी नयाँदिल्ली जान लागेका हुन्। डा भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ। उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन्। उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए। अहिले चिकित्सकहरुले न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले

चेतावनी दिने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन – विश्वप्रकाश

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगरको मन्तव्य पदीय गरिमा विपरीत भएको टिप्पणी गरेका छन्। हिजो आफ्नो सामाजिक संञ्जाल ट्वीटरमार्फत प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीले अदालतमा दबाब परोस् भन्दै चर्को दबाबको अभिव्यक्ति विराटनगरको सभामा राखेको आरोप लगाएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ुन्यायालयको फैसला स्वीकार्छौँ कहिल्यै नभन्ने र चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन।ु हिजो नेकपा ओली पक्षद्वारा विराटनगरमा आयोजित सभामा

१० लाख डोज खोप आज नेपाल आउँदै

काठमाडौं। कोरोना भाइरस कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’को १० लाख डोज खोप आज काठमाडौं आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा= समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट साढे १ बजेको एयर इण्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौं आइपुग्ने जानकारी दिए। उनका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउने भएको हो। यसअघि गत माघ