युग दर्पण

दक्षिण कोरियामा कोभिडको संक्रमण केही घट्दो

सोल, दक्षिण कोरियामा कोरोना भाइरस कोभिड– १९ का संक्रमितहरूको संख्या पछिल्लो समयमा केही घटेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले संक्रमित हुनेहरूको संख्यामा पछिल्ला सातामा केही कमी आएको जनाएका छन् । प्राप्त समाचारअनुसार पछिल्लो २४ घन्टामा यहाँका ३८८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो संख्या यहाँ केही दिनयताको भने कम देखिएको छ । योसँगै यहाँ संक्रमितहरूको संख्या ९१ हजार ६३८ जना पुगेको पनि बताइएको छ । कोरियामा पछिल्लो

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ,  नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्दैछ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसविरुद्ध विभिन्न चरणमा देशव्यापी विरोध प्रदर्शन गरेको थियो । प्रतिनिधिसभाको पुनःस्थानापछि भने

विप्लव हिँडे काठमाडौं

काठमाडौं। नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ काठमाडौं हिडेका छन्। दुई वर्षअघि सरकारले प्रतिबन्ध लगाएसँगै भूमिगत बनेका उनी विशेष सम्बोधनका लागि काठमाडौं हिँडेका हुन्। बुधबार र बिहीबार सरकारका पक्षबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव नेतृत्वको नेकपाको पक्षबाट प्रकाण्डले वार्ता गरेसँगै विप्लव आज सार्वजनिक हुन लागेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव आज एउटै मञ्चमा देखिने भएका छन्। सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीन बुँदे सहमति बमोजिम उनीहरुहरु

बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त

लण्डन,  बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ । नेपाल पर्यटन बोर्डले उहाँलाई मानार्थ जनसम्पर्क प्रतिनिधिका रूपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको छ । बोर्डका अध्यक्ष डा धनञ्जय रेग्मीले सफल कार्यकालको बधाई दिँदै श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्याउने आशा व्यक्त गर्नुभएको छ । लामो समयसम्म रिक्त रहेको बेलायतको पर्यटन दूतमा नियुक्त भएपछि श्रेष्ठले बेलायतबाट पर्यटकहरू नेपाल

नेपालले किनेको १० लाख खोप भित्रियो

काठमाडौँ । भारतको सेरम इन्ष्टिच्युटबाट कोभिड १९ विरुद्घको १० लाख डोज खोप नेपाल सरकारले खरिद गरेको छ। भारतद्वारा अनुदानमा आएको खोप अपर्याप्त भएपछि नेपाल सरकारले थप १० लाख डोज खोप किनेको हो। सरकारले यसपटक ज्येष्ठ नागरिकलाई खोप वितरण गर्ने घोषणा गरेको छ। फाल्गुण २३ गतेबाट ज्येष्ठ नागरिकले खोप पाउने भएका हुन्। आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगिसकेको छ।

८०० ले बढ्यो सुन, आज प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार

काठमाडौँ । आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। फागुनको पहिलो साता लगातार घटिरिरहेको सुनको आज भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला ८८ हजार २ सय र तेजाबी सुन प्रतितोला ८७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

नालायक गृहमन्त्री बादलले तत्काल राजीनामा दिनुपर्छ -अष्टलक्ष्मि शाक्य

काठमाडौँ । सबै किसिमका प्रतिगमनका विरुद्घ प्रचण्ड-माधव पक्षकाे अखिल नेपाल महिला संघ अनेमसंघ) केन्द्रीय कमिटीले आज विराेध र्याली एवं कोणसभाको आयोजना गरेकाे छ। वसन्तपुरमा आयोजित काेणसभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मि शाक्यले भनिन्, ‘ प्रतिगमनकाे विरुद्घमा हामी सडकमा छाैँ। केपी ओलीले आज निरंकुश बनेर लाेकतन्त्रमाथि धावा बाेलेकाे छ। तर, जित लोकतन्त्रकै हुन्छ। अबकाे केहीदिनभित्रै अदालतबाट संसद पुनःस्थापना हुनेछ।’ नेत्री शाक्यले बलात्कारको प्रसंगलाई सम्बोधन गर्दै भनिन्, ‘वर्तमान गृहमन्त्री बादल त्यहाँ

प्रथम अन्तर लायन्स दौड प्रतियोगिता सम्पन्न

काठमाडौं। प्रथम अन्तर लायन्स दौड प्रतियोगिता सम्पन्न भएको छ। ‘डिस्ट्रिक्ट ३२५ ए १’ले आयोजना गरेको २.५ किलोमिटरको उक्त प्रतियोगितामा पुरुषतर्फ प्रथम भट्टराई प्रथम, धर्म शरण श्रेष्ठ द्वितीय र पुरुशोत्तम खरेल तृतीय भए। यस्तै, महिलातर्फ अमृता केसी प्रथम, सपना चौधरी द्वितीय र सुश्मा पाण्डे तृतीय भएका छन्। विजयी प्रतियोगीहरूलाई लायन्स लिडरहरूले शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए। बुढानीलकण्ठ झोरस्थित अनाथालय ‘चिल्ड्रन एण्ड युथ मोभिलाइजेन्स एकेडेमी’को पुस्तकालय व्यवस्थापनका लागि

बराबर अनुपातमा प्रचण्ड–माधवले गरे एकता (९ बुँदे मापदण्डसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ। समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरूमा हस्ताक्षर गरेका छन्। उक्त मापदण्डअनुसार नेकपाको कमिटीहरूमा अब दुवै पक्षको ५०(५० प्रतिशत हुने भएको छ। समूहका अनुसार मापदण्डबमोजिम प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम्‌ पार्टी कमिटीहरू तथा जनसंगठनका पदाधिकारीहरुमा जुन

जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा हामी विश्वास गर्छौँ -डा. महत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएका कारण नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले बताएका छन्। जनतामा जाने कुरालाई नकार्न नमिल्ने बताउँदै निर्वाचनलाई कांग्रेसले समर्थन गर्नुपर्ने उनको भनाइ छ। डा महतले भने, ‘ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा नेपाली कांग्रेस विश्वास गर्छ। जनताबाटै अनुमोदित भएर कुनै क्षणिक रूपमा कोहीसँग जोडिएर तत्कालीन पार्टीगत लाभ