युग दर्पण

माधव नेपालको जन्मदिनमा सर्वोच्चको धक्का

काठमाडौं। आइतबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको जन्मदिनमा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पक्षमा हुने गरी फैसला सुनाएको छ। योसँगै नेपालको राजनीतिक जीवनमा ठूलो धक्का लाग्न पुगेको छ। अदालतले ऋषि कट्टेलद्वारा दायर रिटमाथि फैसला सुनाउँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा निर्वाचन आयोगमा दायर गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज हुन पुगेको छ। जसले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

टी२० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

वेलिङ्टन, अस्ट्रेलिया विरुद्धको टी२० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा आइतबार सम्पन्न शृंखलाको अन्तिम खेलमा न्यूजील्यान्ड सहजै सात विकेटले विजयी भएको थियो । पाँच खेलको यस शृंखलामा टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले जितका लागि न्यूजील्यान्डसामु १४३ रनको चुनौती प्रस्तुत दिएको थियो । उक्त लक्ष्य न्यूजील्यान्डले २७ बल बाँकी छँदै तीन विकेट गुमाएर पूरा गरेको थियो । न्यूजीन्यान्डले अन्तिम खेलमा तीन जना स्पिनरलाई खेलाएर जोखिम लिएको थियो

प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो वनमन्त्री आले

काठमाडौँ, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाउनुभएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १०औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारणसभामा बोल्नुहुँदै उहाँले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यक्रममा आफूले बोलेको भाषण तोडमोड गरी बदनाम गराउने उद्देश्यले कु प्रचार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकार तथा मप्रति ‘कु’ दृष्टि राख्नेले मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक

विश्वकै जेठी चरीले ७० वर्षको उमेरमा बचेरो पाइन्

काठमाडौँ। विश्वकै सबैभन्दा जेठी जंगली चरी विज्डम द एल्बाट्रसले कम्तीमा ७० वर्षको उमेरमा बचेरो कोरलेकी छन्। लेसेन एल्बाट्रसले उत्तर प्रशान्त महासागरस्थित एउटा वन्यजन्तु आरक्षमा फेब्रुअरी १ तारिखका दिन बचेरो कोरलेको अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसले जनाएको हो। सामान्यतया लेसेन एल्बाट्रसहरू १२ देखि ४० वर्षसम्म बाँच्छन्। तर विज्डमलाई सन् १९५६ मा अनुसन्धानकर्ताहरूले पहिलोपटक पहिचान गरेका थिए। वाइल्ड लाइफसम्बन्धी अमेरिकी अधिकारीहरूका अनुसार विज्डमले एकीआकामाई नाम गरेका भालेको समागमबाट बचेरो पाएकी हुन्। सन्

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

कञ्चनपुर, लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा कैलाली गाउँपालिका–३

ओली समूहद्वरा सभामुख सापकोटामाथि अविश्वास प्रस्तावको तयारी

काठमाडौँ । संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेसँगै संकटमा आएका प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षको नेकपाले सभामुखको भूमिकामा आशंका व्यक्त गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा संसद बैठकको पूर्वसन्ध्यामा शनिबार राति ओली पक्षले रणनीतिक छलफल गरेका थिए। सो छलफलमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका शंकास्पद रहेको भन्दै उनीविरुद्घ अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि कुराकानी भएको बताइएको छ। सर्वोच्चको आदेश अनुसार आज संसदको बैठक दिउँसो ४ बजे बस्दैछ। बालुवाटारमा राति

तोलामा ५०० बढ्यो पहेंलो धातुको मूल्य

काठमाडौँ, स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रु ५०० ले वृद्धि भएको छ । मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले

दोस्रो चरणको खोप आजदेखि

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुनेछ । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप

प्रतिनिधि सभा बैठक : नेकपाका सबै सांसद सत्तापक्षकै लाइनमा

काठमाडौं । अनौपचारीक रुपमा विभाजन भएपनि निर्वाचन आयोगले आधिकारिकताको फैसला नगरेर एकै पार्टीका रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुलाई संसद बैठकमा सत्तापक्षकै बेन्चमा राखिने भएको छ। नेकपा दुई चिरामा विभाजित भए पनि संसदमा भने प्रचण्ड–नेपाल र ओली पक्षका सांसदलाई सत्तापक्षकै बेन्चमा राखिने भएको हो। संसद सचिवालयका प्रवक्ता डां. रोजनाथ पाण्डेका अनुसार कानुनी रूपमा दल विभाजन नभइसकेका कारण सबै सांसद सत्तापक्षकै बेन्चमा बस्नेछन्। ‘तीनवटा सेट (सत्तापक्ष, प्रतिपक्षी र मन्त्री)

नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट : बालुवाटार र ग्रेट हिमालय विजयी

काठमाडौँ, बालुवाटार क्रिकेट क्लब र ग्रेट हिमालय क्रिकेट एकेडेमी काठमाडौँमा जारी नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगितामा आ आफ्नो खेलमा विजयी भएका छन् । धुम्बाराहीस्थित पाकिस्तानी राजदूतावासको मैदानमा आज भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई नौ विकेटले पराजित गरेको हो । मैदान ओसिलो भएका कारण खेललाई १० ओभरमा सिमित गरिएको थियो । टस जितेर ब्याटिङ गरेको बलपार्कले १० ओभरमा दुई विकेट गुमाएर १०८ रन बनायो । बलपार्कले दिएको १०९ रनको विजय