युग दर्पण

पार्टी एकताको प्रयास जारी रहने : नेपाल

काठमाडौं, दाहाल–नेपाल समूहका नेता माधव कुमार नेपालले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग भएपनि आफूहरुबीचको सहकार्य जारी रहने बताएका छन्। पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नेपालले अलग भएपनि माओवादी केन्द्रसँग सहकार्य जारी रहने बताएका हुन्। नेपालले भने,‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भएपनि हाम्रो मन विशाल छ। अनौपचारिक छलफल भइराख्छ। सहकार्य जारी रहन्छ।’ उनले सर्वोच्चको फैसला अनुसार जानै पर्ने भएको बताउँदै पार्टी एकताको

धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय रहने

काठमाडौँ, सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन्। सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । (एमाले) को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको

सांसद चौधरी ले पाइन पुरस्कार

काठमाडौँ, एकसय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा कन्फडरेसन अफ अल इन्डिया ट्रेडर्सले प्रतिनिधिसभा सदस्य चन्दा चौधरीलाइ सिएआइटी वुमन इन्टरप्रेनियरसिप अवार्डद्वारा सम्मानित गरेको छ । भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उहाँलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । सो पुरस्कार भर्चुअलरुपमा ग्रहण गरिएको हो । सांसद चौधरीले विगत दुई दशकदेखि महिला सशक्तीकरण तथा सामाजिक रुपान्तरणमा काम गर्दै आउनुभएकाले उक्त अवार्डबाट सम्मानित गरिएको जनाइएको छ । नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष सांसद

नरैनापुरमा २२ घर जलेर पूर्णरुपमा नष्ट

बाँके, बाँकेको नरैनापुर गाउँपालिका–१, सुइयामा सोमबार आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन् । गाउँपालिकाको दलित बस्ती सुइँयामा भएको आगलागीबाट २२ घर जलेर पूर्णरुपमा नष्ट भएको घटनास्थल पुगेर फर्केका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । मनिजर पासीको कच्ची घरबाट लागेको आगो क्रमशः गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको स्थानीयवासीको बताएका छन् । सोमबार बिहान ११ बजे शुरु भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा २ घण्टामा

कोरोना भाइरस सङ्क्रमित ८९ जना थपिए

काठमाडौँ,  देशभरमा आज कोरोना भाइरस सक्रिय सङ्क्रमित ८९ जना थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१ जना सङ्क्रमण मुक्त भएका छन् । आज थपिएका सङ्क्रमितमध्ये पुरुष ४९ र महिला ४० रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका ४१ समेत गरी आजसम्म दुई लाख ७० हजार ९२७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । योसँगै जम्मा सङ्क्रमितको

भारतमा कोरोना सङ्क्रमित एक करोड १२ लाख २९ हजार भन्दा बढी

नयाँदिल्ली, भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख २९ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ८३५ जना पुगेको छ । हाल भारतमा एक लाख ८८ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका

बङ्गलादेश बाट रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

काठमाडौँ, नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । मल खरीदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मलमध्येमा आज बेलुका वा मङ्गलबार बिहानसम्म दुई हजार ५०० टन मल नेपाल आइपुग्नेछ । कोलकाताबाट रेलका ४२

१११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराउनुभएको छ । १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने र त्यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो,

११ लाख रुपैयाँ घुससहित प्रहरी हबल्दार पक्राउ

काठमाडौँ,  प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत उनलाई आइतबार नियन्त्रणमा लिएको हो। श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सञ्चालन अनिस जोशीलाई समेत अख्तियारले पक्राउ गरेको छ। आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,  पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मङ्गलबारदेखि मौसम सुधार हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली