‘काठमाडौँमा बसेर जुम्लाको विकट गाउँमा पनि पुस्तक पुर्याउनुपर्छ भन्ने नभुलौँ’
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीहरूमाझ उपलब्ध गराउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएका छन्। समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आइरहँदा मंगलबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका हुन्। मन्त्री श्रेष्ठले केन्द्रले विद्यार्थीहरूमाझ समयमै पुस्तक पुर्याउन निर्देशन गर्दै आगामी दिनहरूमा आफूले उस्तै गुनासोहरू सुन्न नचाहेको बताएका छन्। कुनैपनि हालतमा विद्यार्थीलाई पुस्तक अभाव हुन नदिने गरी पाठ्यपुस्तक प्रकाशन गर्न उनले निर्देशन