युग दर्पण

प्रधानन्यायाधीशद्वारा राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।नेपालको संविधानअनुसार सर्वोच्च अदालतको प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालय शीतल निवासमा उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन्। प्रतिवेदनमा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत तथा अन्य अदालत र न्यायाधिकरणबाट भएका न्याय सम्पादनसम्बन्धी तथा न्यायपालिकाका समसामयिक समस्या, चुनौती र न्यायपालिकाले राखेका अपेक्षा प्रस्तुत गरिएको छ।

ओलीको नेतृत्वमा पाँच वर्ष सरकार चल्छ : मुख्यमन्त्री गुरुङ

कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताउनुभएको छ । भौगौलिकरूपमा देशको सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको आज पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उहाँले एमालेबाहेक सरकार बन्न सक्ने चौथो र अन्तिम विकल्प रहे पनि त्यो कठिन रहेको उल्लेख गर्नुभयो । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका हिसाबले एमालेले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीसँग मिलेर सरकार बनाउने तीन

बोर्ड र नेमप्लेट राख्ने विषयमा 'ओलीु' र 'माधव' समूहबीच झडप

काठमाडौँ, कैलालीमा ओली र नेपाल समूहबीच झडप भएको छ। प्रदेश पार्टी कार्यालयमा प्रदेश इन्चार्जको नेम प्लेट राख्ने विषयमा विवाद हुँदा केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका कार्यकर्ता बीच कुटाकुट भएको हो । पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखिएपछि माधव नेपाल समूहका कार्यकर्ताहरूले ‘नेम प्लेट’ तोडफोड गरे। उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए। यस क्रममा ओली समूह र नेपाल समूहका

हुलाकी राजमार्गमा क्रोनिक ठेक्का तोडिँदै

काठमाडौँ,  हुलाकी राजमार्गअन्तर्गत लामो समयदेखि निर्माण अवरुद्ध भएका पुलको ठेक्का तोड्न थालिएको छ । निर्माण शुरु भएको १० वर्षसम्म सम्पन्न नभएका पाँच पुलमध्ये तीनको ठेक्का तोडिसकिएको छ भने दुई पुलको ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ । आयोजनाको सबैभन्दा ठूलो चुनौतीका रुपमा पुलको क्रोनिक ठेक्का रहेको थियो । एक दशक पहिले निर्माण शुरु भए पनि अघि नबढेका पुलको ठेक्का तोडेर नयाँ प्रक्रियामा जान लागिएको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ

रोचक प्रसंग : शरीरको कुन अंग फरफराउँदा के हुन्छ ?

काठमाडौं,  कहिलेकहीँ हाम्रा शरीरका विभिन्न अंगहरु फरफराइरहेका हुन्छन्। हामी आमाबुबा, हजुरआमा, हजुरबुबाले सुनाए अनुसार कुनै अंग फरफराएमा के हुन्छ भन्ने अनुमान गर्छौं। कतिपय अवस्थामा अशुभ हुने र कहिले शुभ संकेत भएको मान्छौँ। तर वास्तविकता के हो भन्ने कुरा हामीले बुझिरहेका छैनौँ। कतिपयले अंग फरफराउँदा लगाइने अनुमानलाई अन्धविश्वास समेत भन्ने गरेका छन्। ज्योतिष विज्ञानका अनुसार पुरुषको शरीरको कुनै बायाँ भाग फरफरायो भने उसले केही दुखद् घटना झेल्नु पर्ने हुन सक्छ। यदि

अमेरिकी राष्ट्रपति अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग शुक्रबार वार्ता गर्ने

वासिङ्टन, अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरुसँग पहिलो पटक संयुक्त वार्ता गर्न लाग्नु भएको छ । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ । भर्चुअल विधिबाट हुन लागेको यो बैठकलाई राष्ट्रपति बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले छिन्नभिन्न बनाउन खोजेको अमेरिकी गठबन्धनलाई पुनर्जीवित तुल्याउन खोजेको रुपमा लिइएको छ । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रका गठबन्धन एवं साझेदार

'माधव पक्ष एमालेमा फर्किए सम्मानजनक व्यवहार गरिन्छ'

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी एमालेका ओली पक्षीय नेता सुवास नेम्वाङले माधवकुमार नेपाल समूहलाई पार्टीभित्र राम्रो व्यवहार गरिने बताएका छन्। आज संसद बैठकपछि बाहिरने क्रममा ‘माधव नेपाल–झलनाथ खनाललाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै नेम्वाङले भने, ‘उहाँहरुलाई सम्मानजनक ढंगबाट व्यवहार हुन्छ।’ उनले सर्वोच्च अदालतको आदेशलाई आफूहरूले मान्ने पनि बताएका छन्। नेता नेम्वाङले भने, हामी कानूनी राज्यको अवधारणालाई मान्छौँ। त्यसबारेमा कुनै पनि ‘इफ’ ‘बट’ छैन। सम्मानित सर्वोच्च अदालतले गरेको जुन

सपनामा आफ्नै विवाह भएको देख्दा शुभ हुन्छ की अशुभ ?

काठमाडौँ, सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन। अधिकांशका धेरै सपना अधुरा नै रहन्छन्। हामीले देख्ने सपना कहीँ न कहीँ बिपनासँग पनि जोडिएको हुन्छ। कति सपना निदाउँदा देखिन्छ भने कति सपनाले निदाउँनै दिँदैन। हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ संकेत गर्छ भन्ने जनविश्वास छ। यहाँ हामीले सपनामा विवाह भएको देख्दा ज्योतिष शास्त्र अनुसार शुभ अशुभ के संकेत गर्छ भनेर चर्चा

सुनको मूल्य बढ्यो, आजको बजारमूल्य कति ?

काठमाडौँ,  नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ। मंगलबार ६ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार पुनः बढेको हा। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको बजारमूल्य प्रतितोला मूल्य ८६ हजार २ सय रुपैयाँ तोकिएको छ। त्यस्तै तेजावी सुनको मूल्य ८५ हजार ७५० रुपैयाँ पुगेको छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला १२

पूर्वमाओवादी केन्द्रका नेता रामबहादुर थापालाई एमालेको उपाध्यक्ष बनाउने ओलीको तयारी

काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेका बेला आफूलाई साथ दिएका गृहमन्त्री तथा पूर्वमाओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’लाई उपध्यक्ष बनाउने भएका छन्। खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाका अनुसार बादल एमालेको उपाध्यक्ष बन्ने भएका हुन्। यससँगै तत्कालीन नेकपा एमालेमा उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवालीको भूमिकामाथि प्रश्न चिह्न उठेको छ।संकटका बेला ओलीलाई साथ