युग दर्पण

नेटिभीमा ‘दोहोरी च्याम्पियन’

काठमाडौँ, नेपाल टेलिभिजनले आज साँझदेखि नेपाली लोक संस्कृतिसम्बन्धी रियालिटी मेगा–शो ‘दोहोरी च्याम्पियन’ प्रसारण गर्ने भएको छ । नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले आजदेखि दोहोरी च्याम्पियन रियालिटी शो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको नेपाल टेलिभिजनले विज्ञप्तिमार्फत जनाएको छ । सो मेगा–शो यसै हप्तादेखि प्रत्येक शनिबार बेलुकी ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण गरिने छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोहोरी च्याम्पियनको शुभारम्भ गर्नुहुँदै नेपाली कला र

शव फेला

गोदावरी, कैलालीको गोदावरी नगरपालिका–५ गेटामा एक पुरुष मृत फेला परेका छन् । धनगढी–अत्तरिया सडक छेउको नालामा पानीमा तैरिएका अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेका उनी कञ्चनपुरको भीमदत्त नगपालिका–५ का मोहनबहादुर चन्द रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । मृतकको साथमा भेटिएको सवारी चालक अनुमतिपत्रका आधारमा शवको सनाखत भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिनुभयो

ओलीको विरोधमा खनाल–नेपाल पक्षको देशभर भेला आह्वान

काठमाडौँ, नेकपा एमालेको खनाल–नेपाल समूहले देशभर कार्यकर्ता भेला आह्वान गरेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालनिकट केन्द्रीय सदस्यहरूको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरूको विरोध गर्दै देशभर कार्यकर्ता भेला आह्वान गरेको हो। बैठकले आगामी चैत ४ र ५ गते कार्यकर्ता भेला बोलाएको हो। भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख,

अफगानिस्तानको हेरातमा कारबम बिस्फोट, आठ जना मारिए

हेरात, पश्चिम अफगानिस्तानमा शुक्रबार भएको एक शक्तिशाली कारबम बिस्फोटमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु दर्जनौं व्यक्ति घाइते भएका छन् । सर्वसाधारणलाई लक्षित गरी आक्रमण भएको भन्दै संयुक्त राष्ट्रसङ्घले निन्दा एवं खेद व्यक्त गरेकै समय पछिल्लो आक्रमण भएको छ । हेरातस्थित प्रहरी मुख्यालयलाई लक्षित गरी कारबम बिस्फोट गराइएको प्रहरीले जनाएको छ । हेरातका प्रान्तीय गभर्नरका प्रवक्ता जेलानी फरहादका अनुसार बम बिस्फोटबाट दर्जनौं घर र पसलहरु नराम्रोसँग क्षतिग्रस्त

ओलीसँग सहकार्य गर्न हाम्रो दिमाग बिग्रिएको छैन : यादव

काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुनै हालतमा सहकार्य हुन नसक्ने बताएका छन्। शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुसँग भेट पेरिस डाँडामा छलफलबाट बाहिरिएका उनले सञ्चारकर्मीसँग कुरा गर्दैै यस्तो प्रतिक्रिया दिएका हुन्। ‘ओलीसँग सहकार्य गर्न हाम्रो दिमाग बिग्रिएको छैन, ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भयो,’ यादवले भने, ‘हामी यो छलफललाई निरन्तरता दिँदै जान्छौँ।’

सरकार छाड्न माओवादीको निर्देशन

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार छाड्न आफ्ना मन्त्रीलाई निर्देशन दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको हो । नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै दुई पार्टी अलगअलग भएका छन् । माओवादी केन्द्रका तर्फबाट रामबहादुर

माओवादी केन्द्रका मन्त्रीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

काठमाडौँ, नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल, खानेपानी तथा सरसफाई मन्त्री मणि थापासहित मन्त्रीहरूलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ। आज पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो। यस्तै, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीसमेत सरकारमा रहेका छन्। बैठकले २४ घण्टाभित्र उनीहरू सबैलाई आफ्नो स्पष्टीकरणसहित पदबाट राजीनामा दिन निर्देशन दिएको हो। सवोच्च अदालतको फैसलाले पूर्व एमाले र

दुर्घटनामा तीनको मृत्यु

मकवानपुर, झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक

साङ्केतिक भाषामा ट्राफिक नियमको जानकारी

सिमकोट, हुम्लाको सदरमुकाम सिमकोटमा साङ्केतिक भाषाका आधारमा ट्राफिक प्रहरी कार्यालयले शुक्रबार ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सिमकोट गाउँपालिका–५ को तल्लो बजारमा रहेको हिमाली बहिरा तथा बौद्धिक अपाङ्गता विद्यालयका विद्यार्थीलाई ट्राफिक प्रहरी कार्यालय हुम्लाले ट्राफिक नियमसम्बन्धी सचेतनामूलक जानकारी दिएको छ । सिमकोट तल्लो बजारमा रहेको सो विद्यालयमा ट्राफिक प्रहरीको टोलीले उक्त विद्यालयका शिक्षिका हीरा बोहराको सहायतामा साङ्केतिक भाषाको माध्यमले २२ विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण गराएको ट्राफिक सहायक प्रहरी निरीक्षक लोकबहादुर

विश्वभर ९ करोड ६२ लाख संक्रमित कोरोनामुक्त, २६ लाख ५० हजारको मृत्यु

काठमाडौं, विश्वभरमा नौं करोड ६२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। शनिबार बिहानसम्ममा नौं करोड ६२ लाख ४३ हजार नौं सय २१ जना संक्रमित कोरोनामुक्त भएका हुन्। हालसम्म विश्वमा ११ करोड ९५ लाख ९३ हजार सात सय ९६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २६ लाख ५० हजार सात सय २६ जनाको मृत्यु भइसकेको छ। हाल विश्वमा दुई करोड ६ लाख ९९ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।