युग दर्पण

डोटीमा रगतका लागि सेना र प्रहरीकै भर

डोटी, जिल्लामा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ । रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् ।” अस्पतालमा बिरामीले रगतको व्यवस्था आफै गर्नुपर्ने हुन्छ

वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ ? ११४१ मा गर्नुहोस् फोन

काठमाडौँ, के तपाई वैदेशिक रोजगारीमा हुनुहुन्छ ? वा जाँने तयारीमा हुनुहुन्छ ? कुनै समस्यामा पर्नुभएको छ । सम्बन्धित निकायले तपाईको गुनासो वा समस्याको सम्बोधन गरेन भने तपाईले सोझै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्पर्क गर्न सक्नुहुनेछ । पैसा नलाग्ने वा लाग्ने फोन नम्बर सञ्चालनमा ल्याइएको छ । मन्त्रालयले त्यसलाई कल सेन्टर नाम दिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आज उक्त कल सेन्टर सञ्चालनको शुभारम्भ गर्नुभयो

नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको शेयरमा सर्किट

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ । सत्तारुढ गठबन्धनको शनिबार साँझ बसेको बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १०५.५५ अंकले वृद्धि

सुनको मूल्य घट्यो, कति छ आज सुनको मूल्य ?

काठमाडौँ, सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ४०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ७०० छ । यसको मूल्य शुक्रबार प्रतितोला रु ९२ हजार १०० थियो । त्यस्तै आज चाँदीको

बाइस किलोग्राम चरेश बरामद

महेन्द्रनगर, कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट चरेश बेवारिसे अवस्थामा बरामद गरिएको बताउनुभयो । इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले उक्त चरेश मोटरसाइकलमा राखेको अवस्थामा भेट्टाएको प्रवक्ता शाहको भनाइ छ । “ चरेशबारे विस्तृतमा अनुसन्धान हुदैछ”, उहाँले भन्नुभयो,“ अनुसन्धानबाट सबै कुरा बाहिर आउछ

सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव : प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताउनुभएको छ । सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताउनुभयो । सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उहाँले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा

स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ : डा. कोइराला

विराटनगर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिनुभयो । उहाँले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन दलसँगभन्दा पनि सरकारले

पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना एकको मृत्यु, १३ घाइते

मलङ्गवा, पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जादै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएको सर्लाहीका प्रहरी

फागुन ९ गते भैरहवामा ‘क्यालिबे्रशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

सिद्धार्थनगर, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताउनुभएको छ । आज दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात उहाँले भन्नुभयो, “मौसमले साथ दिएमा फागुन ९ गते क्यालिबे्रशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।” हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् । मन्त्री आलेले ढिलाइ नगर्न र

सङ्घीय कानुन आएपछि शिक्षामा लगानी गर्ने वातावरण बन्छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शैक्षिक विकासका लागि निजी क्षेत्रको समेत अपनत्व हुने गरी विभिन्न सङ्घीय कानुन ल्याउन लागेको जानकारी दिनुभएको छ । काठमाडौँको स्वस्तिश्री गुरुकुल स्कुलमा आज भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सङ्घीय कानुन आएपछि शिक्षामा निजी क्षेत्रले थप लगानी गर्नसक्ने वातावरण तयार हुने जानकारी दिनुभयो । उहाँले उक्त समारोहमा भर्चुअल माध्यमबाट सहभागिता जनाउनुभएको थियो । उहाँले प्राविधि र उच्च शिक्षा तथा विद्यालय तहको