युग दर्पण

अपहरण र हत्याको आरोपमा प्रहरी अधिकारीमाथि मुद्दा दर्ता

एजेन्सी, बेतायतमा ३३ वर्षीया महिलाको अपहरण तथा हत्याको आरोपमा प्रहरीका एक अधिकारीमाथि मुद्धा दर्ता भएको छ। लण्डन महानगरका अधिकारीमाथि अपहरण र हत्याको मुद्धा दर्ता भएको हो। ४८ वर्षीय वायन कुजेन्समाथि ३३ वर्षीया सारा एभरेडको अपहरण र हत्या गरेको आरोपमा मुद्धा दर्ता भएको छ। मेट्रो पुलिस अधिकारी कुजेन्स शनिबार वेस्टमिनिस्टर मागिस्ट्राटेस अदालतमा उपस्थित भएका थिए। उनी अहिले प्रहरीको हिरासतमा रहेका बेलायती सञ्चारमाध्यमले जनाएका छन्। अर्को सुनुवाई मार्च १६ मा हुने जनाइएको

ब्राजिलमा एकै दिनमा ७६ हजार नयाँ सङ्क्रमित, पूर्व राष्ट्रपतिलाई खोप

काठमाडौँ, ब्राजिलमा कोरोनाभाइरसबाट एकै दिनमा थप ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७६ हजार १७८ जना सङ्क्रमित भएका हुन्। त्यसैगरी सोही अवधिमा कम्तीमा एक हजार ९९७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। ब्राजिलमा अहिलेसम्म कुल एक करोड १४ लाख ३९ हजार ५५८ जना सङ्क्रमित भएका छन् भने दुई लाख ७७ हजार १०२ जनाको मृत्यु भइसकेको छ। कोरोनाभाइरसको महामारीबाट

आगलागीमा रु नौ लाखको क्षति

इनरुवा, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तिनकुनेस्थित एक कृषि फार्ममा आगलागी हुँदा नौ लाख बराबरको क्षति भएको छ । स्थानीय बराह कृषि फार्ममा आज एक्कासि बिजुलीबाट तार सर्ट भएर आगलागी हुँदा रु नौ लाख बराबरको क्षति भएको जनाइएको छ । आगलागीमा परेर कृषि फार्मको सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै फार्मभित्र रहेको चार वटा भैँसी र दुई वटा बोकासमेत जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले

झुटा कुरा गरेर मेलमिलाप हुँदैन : नेता जोशी

काठमाडौँ, नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले झुटा कुरा गरेर मेलमिलाप हुन नसक्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा निर्मित बिपी विचार समाजको भवन आज उद्घाटन गर्दै नेता जोशीले कार्यकर्तालाई सम्मान गर्न नजानेसम्म मेलमिलापको अर्थ नरहने स्पष्ट गर्नुभयो । “नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको टिकट दिँदा पनि कार्यकर्ताको के राय छ भनी बुझेर टिकट दिनुपर्छ”, अर्को प्रसङ्गमा पूर्वमन्त्री जोशीले भन्नुभयो, “त्यसो नगरी आफूले मनपरी गर्ने हो भने अहिलेका कार्यकर्ताले

नेकपा एमाले विभाजनतर्फ उन्मुख

काठमाडौं, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बलमिच्याइँ गर्दै अघि बढेपछि सत्तारूढ दल एमाले विभाजनतर्फ उन्मुख भएको छ। ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै एमालेको झलनाथ खनाल– माधवकुमार नेपाल समूहले पनि समानान्तर गतिविधि सुरु गरेको छ। सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् रूपमा फर्किएको एमालेमा समानान्तर गतिविधिले पार्टी विभाजनको स्पष्ट रेखा कोरिएको हो। प्रधानमन्त्री ओलीले शुक्रबार आफूपक्षीय केन्द्रीय सदस्यहरूको भेला गररे पार्टीको विधानविपरीत खनाल–नेपाल समूहका नेताहरूको विभागीय र प्रदेश इन्चार्जको जिम्मेवारी खोसेका

जसपा कसैको पुच्छर बनेर सरकारमा जाँदैन : नेता भट्टराई

काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जसपा अरूको पछि लागेर सरकारमा नजाने बताएका छन्। पार्टीले सत्ता समीकरणका लागि अन्य दलसँगको भेटलाई तीव्र बनाइरहेको अवस्थामा आएको उनको यो भनाइलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। राति अबेर समाजिक सञ्जालमार्फत उनले जसपा कसैको पुच्छर नबन्ने बताएका हुन्। सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरू आफै देशको नेतृत्व गर्ने बताएका

सिराहा मालपोत कार्यालयमा बम विस्फोट– पाँच घाइते, एकजना गम्भीर

काठमाडौँ, जिल्ला मालपोत कार्यालय सिराहामा बम विस्फोट भएको छ। मालपोत कार्यालयको प्रांगणमा बम विस्फोट भएको हो। विस्फोटमा परी ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माका अनुसार एक जनाको अवस्था गम्भीर रहेको छ। लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो। कसले विस्फोट गराएको हो भन्ने खुलेको छैन।

चौलानी नदीमा युवक मृत फेला

बैतडी, चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् । कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिनुभयो । “रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको छैन”, उहाँले भन्नुभयो, “नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ ।” गत शुक्रबार शिवरात्रि मेला हेर्न

साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्छ । मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मेसम्म

तोलामा ४०० ले बढ्यो सुनको मूल्य, आजको मूल्य कति ?

काठमाडौँ, स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा