युग दर्पण

द्विपक्षीय वार्ता सकेर ओली-नेपाल वान-टु-वान वार्तामा

काठमाडौँ, आज सोमबार नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ। बैठक सकेर बाहिरिने क्रममा माधव-पक्षका नेता रघु जी पन्तले वार्ता सकारात्मक रहेको बताउँदै दुवै पक्षले आ-आफ्नो अडान भने नछोडेको जनाएका छन्। बिहान साढे ११ देखि सुरु भएको द्विपक्षीय वार्ता अहिले साढे १ बजे सकिएको हो। दुई पक्षको वार्ता सकिएपछि यतिबेला पार्टी अध्यक्ष ओली र नेपालबीच वान-टु-वान

१३ वर्षिया बालिका बलात्कृत, दोषी पक्राउ

स्याङ्जा,  १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाका एकजना युवक पक्राउ परेका छन्। स्याङ्जाको हरिनास गाउँपालिका(७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन्। थापाले बालिकालाई बलात्कार गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, एसपी होबीन्द्र बोगटीका अनुसार थापामाथि जबरजस्ती करणी मुद्दा चलाइ त्यसका लागि स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धानको तयारी

कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा. महत

कैलाली, नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौं ।” उहाँले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने जनाउनुभयो । उहाँले भन्नुभयो, “त्यो अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने

माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या ४ हजारबाट २ सयमा झर्यो

काठमाडौँ, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीका सदस्य संख्यामा ठूलो ह्रास आएको छ। नेकपा एमालेसँग एकता हुनुअघि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य संख्या ४ हजार थियो। एकताको क्रममा माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइयो। ०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो। तर, त्यसभन्दा पहिल्यै दर्ता भएको अकर्को दलसँग नाम मिलेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले यसै वर्ष

फरार बयालिस प्रतिवादी जेल चलान

काभ्रेपलाञ्चोक, जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकले विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका ४२ प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतले मुद्दाको फैसलापछि फरारमा सूचीकृत ४२ प्रतिवादीलाई पक्रेर कैद तथा जरिवाना बेरुजु फछ्र्योटका लागि जिल्ला अदालत धुलिखेलमार्फत प्रहरीले कारागार चलान गरेको हो । पक्राउ परेकामा दुईदेखि छ वर्षसम्म फरार रहेकासमेत छन् । काभ्रेपलाञ्चोक प्रहरीले फागुन महिनामा फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गर्दा विभिन्न मुद्दाका ४२ फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी

सत्ता होइन व्यवस्था जोगाउनतिर लाग्नुपर्छ : वरिष्ठ नेता पौडेल

बेनी, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताउनुभएको छ । कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको छैटौँ पुन्यतिथिमा आज जिल्ला सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘‘लामो सङ्घर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो, यसमा कांग्रेसको ठूलो योगदान छ, हाम्रो पार्टीले सत्ता होइन, व्यवस्था जोगानुपर्छ ।” कांग्रेसले आफ्नो सिद्धान्त र एजेण्डालाई जनताले बुझ्ने गरी लैजान नसक्दा बिपी कोइरालाकै एजेण्डा बोकेर कम्युनिष्टले दुई तिहाइ

नेपाल र खनाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग भेटवार्ताका लागि कोटेश्वर पुगेका छन्। केन्द्रीय कमिटी बैठक स्थगित गरेर प्रचण्ड खनाल र नेपालसँग कुराकानी गर्न कोटेश्वर पुगेका हुन्। सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले ब्युँताइ दिएपछि प्रचण्ड र खनाल–नेपाल अलग भएका छन्। खनाल र नेपाल एमालेमै बसेका छन् भने प्रचण्डले माओवादी केन्द्रको गतिविधि अगाडि बढाएका छन्। त्यस्तै एमालेमा नेपाल

सिरहा बम विस्फोटमा गम्भीर घाइते भएकालाई काठमाडौँ पठाइयो

काठमाडौँ, सिरहाको मालपोत कार्यालयमा आइतबार दिउँसो भएको विस्फोटमा घाइते भएकालाई काठमाडौँ ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत ५ जनालाई काठमाडौँ ल्याइएको छ। विस्फोटमा ७ जना घाइते भएका थिए। घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक छ। उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। गम्भीर घाइते हुने सेवाग्राही रहेको प्रहरीले बताएको छ। घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिए पनि अहिले सम्म कसैले पनि औपचारिक रुपमा घटनाको जिम्मेवारी लिएको

कांग्रेसको काँधमा जिम्मेवारी आएको छ : देउवा

कलैया, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको बताउनुभएको छ । बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आज उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरूको भविष्य रहने भन्दै संविधानको रक्षाका

बँदेलको समूहले गहुँबाली सखाप पार्दै

डोटी,  जिल्लाका ग्रामीण क्षेत्र तथा सदरमुकाम आसपासका क्षेत्रमा जङ्गली बँदेलेको समूहले पाक्ने लागेको गहुँबाली खाएर नोक्सान गर्न थालेको छ । राति तथा दिउँसोको समयमा झुण्डमा आउने बँदेलको समूहले पाकेर भित्र्याउने अवस्थामा रहेको गहुँ खेतीमा नोक्सान गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । दैनिक गहुँ, मटर, मसुरो, तोरी तथा साग तरकारी बँदेलले नोक्सान गर्न थालेपछि उनीहरुबाट जोगाउनका लागि यहाँका किसान राति जाग्राम बस्न बाध्य भएको जोरायल गाउँपालिका–५ का पदमसिंह खडायतले