युग दर्पण

ओलीले प्रचण्डलाई तारन्तार फोन, राखे भेट्ने प्रस्ताव

काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर भेट्न प्रस्ताव राखेका छन्। पार्टीको आन्तरिक बैठक हुँदै गर्दा ओलीले प्रचण्डलाई फोन गरेको प्रचण्डनिकट एक नेताले जानकारी दिए। पार्टीको आन्तरिक बैठक हुँदै गर्दा ओलीले आफूलाई फोन गरेको प्रचण्डले बैठकमा सहभागी नेताहरुलाई जानकारी दिएका थिए। गत २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र पहिलेकै अवस्था हुनु पर्ने भन्दै ओली प्रचण्ड

लहानमा बिस्फोट गराएको आरोपमा एक पक्राउ

लहान, कर्मचारीसहित आठ घाइते हुने गरी सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा आज साँझ सशस्त्र प्रहरीको टोली एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेराको आधारमा मण्डलकै संलग्नता रहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको टोलीले सुखीपुर नगरपालिका–२ विद्यानगरबाट मण्डललाई पक्राउ गरिएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र

राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन्। शीतल निवासमा मंगलबारका लागि सर्वदलीय बैठक बोलाइएको हो। बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ। सर्वदलीय बैठकको एजेण्डा खुलाइएको छैन। स्रोतकाअनुसार राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक आह्वान गरेकी हुन्। मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो। सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र

एमालेलाई एकताबद्ध बनाउन साझा अवधारणा बनाइने

काठमाडौँ, नेकपा (एमाले) लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण गरेर अगाडि बढ्ने सहमति भएको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आजको छलफल निष्कर्षमा नपुगे पनि सकारात्मक भएको बताउनुभयो । उहाँले पार्टी एकताबद्ध बनाउन नेताबीच निरन्तर छलफल हुने जानकारी पनि दिनुभयो

तिब्बतसँग जोड्ने सुरुङ मार्गको डिजाइन तयार

भीमेश्वर,  दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग (१२ किमी) निर्माण शुरु हुने भएको छ । लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका लागि यसै वर्षमा ठेक्का लाग्ने बताउनुभएको छ । सडक विभागले उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको लामाबागरदेखि बन्ने सुरुङमार्गको डिजाइन तयार गरेकोे छ । सुरुङमार्ग निर्माण गर्नका लागि बहुवर्षीय ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेटको सहमति पनि

लन्डन स्टक एक्सचेन्जमा निफ्राको ३० मिलियन डलर बोन्ड

काठमाडौँ, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ। निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको जानकारी दिए। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले भने, ‘चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने गरी ३० मिलियन डलरको बन्ड जारी हुँदैछ, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौँ।’ सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन्। त्यस्तै नेताहरू पनि पूर्व जिम्मेवारी अनुसार जिल्ला जाने भएकाछन्। बैठकमा जना २० नेताहरू बोलेका छन् ।

ओली-नेपाल द्विपक्षीय वार्ताको निचोड

काठमाडौँ, आज सोमबार नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ। बैठक सकेर बाहिरिने क्रममा माधव-पक्षका नेता रघु जी पन्तले वार्ता सकारात्मक रहेको बताउँदै दुवै पक्षले आ-आफ्नो अडान भने नछोडेको जनाएका छन्। नेता पन्तका अनुसार ओलीद्वारा आह्वान गरिएको आउँदो ६ र ७ गतेको केन्द्रीय कमिटी बैठकमा माधव पक्षले सहभागिता नजाउने अडान कायमै राखेको छ। त्यस्तै, माधव पक्षकै

गाउँपालिका केन्द्रसम्म कालोपत्र हुने भएपछि खुसी

डोटी, जिल्लाका तीन गाउँपालिकाका केन्द्रसम्म सडक पुग्ने भएको छ । यहाँका बोगटान फुडसिल, सायल र आदर्श गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पु¥याउने गरी समझदारी भएपछि स्थानीयवासी खुशी भएका छन् । बोगटान फुडसिल केन्द्रसम्म कालोपत्र सडक पु¥याउनका लागि सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा गाउँपालिकाका तर्फबाट अध्यक्ष कमलबहादुर गडसिला तथा सायलका अध्यक्ष तेजबहादुर डुम्रेलबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएपछि यहाँका स्थानीयवासी खुशी भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष योजनाअन्र्तगत प्रादेशिक एवं

प्रधानमन्त्रीविरुद्घ अविश्वासको प्रस्ताव नलैजाने : नेता पौडेल

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान परिस्थितिमा सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु कांग्रेसका लागि प्रमुख चुनौती रहेको बताएका छन्। पर्वतको सदरमुकाम कुश्माबजारमा सोमबार बिहान प्रेस युनियनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु नै कांग्रेसको प्राथमिकता भएको बताएका हुन्। वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्घ आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गरे। नेता