युग दर्पण

ससुराली जाँदा मुख्यमन्त्री राई हेलिकप्टरमा सरर...

काठमाडौँ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली पुगेका छन्। मंगलबार बिहान उनी आफ्नी श्रीमती जाङ्मो शेर्पासहित ससुराली संखुवासभा पुगेका हुन्। उनीकी श्रीमती शेर्पाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु हेलिकप्टर चार्टर गरेर संखुवासभा जिल्लाको मकालु गाउँपालिकास्थित सेदुवार नर्गुको समेत भ्रमण गरेको जानकरी दिएकी छन्। उनले श्रीमान् राईसहित परिवारका सबै जना सँगै हुँदा खुसी लागेको प्रतिक्रिया दिएकी छन्। साथै गाउँमा मुख्यमन्त्री राईसहित आफूहरुलाई स्थानीयबासीले न्यानो सहयोग गरेको बताएकी

मदिरा उत्पादन र सेवन गर्न अनुमति आवश्यक

बनेपा, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । ‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै सभ्य, शान्त र सकारात्मक बाटोमा समुदायलाई अग्रसर गराउन तथा घरेलु हिंसा न्यूनीकरणका लागि नगरपालिका क्षेत्रभित्र मदिरा उत्पादन, बिक्री वितरण र सेवन कार्यको नियमन

अमेरिकालाई चेतावनी दिइन् यि महिलाले

काठमाडौँ, उत्तर कोरियाका शासक किम जोङकी बहिनी किम यो जोङले आफ्नो देशमाथि हमला गरेकोमा नयाँ अमेरिकी प्रशासनलाई चेतावनी दिएकी छन्। मंगलबार उत्तर कोरियाको सरकारी पत्रिकामा वक्तव्य प्रकाशित गर्दै किम यो जोङले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई चेतावनी दिएकी हुन्। जोङले भनेकी छन्, ‘चार वर्ष राम्ररी सुत्ने भए आफ्नो देशको भूमिमा बारूदको गन्ध फैलाउन बन्द गर।’ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले एसिया भ्रमण थालेको भोलिपल्ट उत्तर

नेपाल समूहको भेलाको प्रमुख अतिथिमा ओलीलाई बोलाइयो

काठमाडौँ,  नेकपा (एमाले) को माधव नेपाल समूहले चैत ४ र ५ गते गर्न लागेको कार्यकर्ता भेलामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रूपमा बोलाइएको छ। अध्यक्ष ओली समूहले भेलाको विरोध गरेपछि उनलाई प्रमुख अतिथिका रूपमा बोलाइएको हो। प्रधानमन्त्री ओलीले बालुटारमा आज आयोजित चियापान कार्यक्रमबाट भेला रोक्न आग्रह गर्दै भेला गरिए अनुशासनको कारवाही गर्ने चेतावनी दिएका थिए। लगत्तै दिउँसो २ बजे हेरिटेज गार्डेन सानेपामा पत्रकार सम्मेलन गरेर माधव

पार्टी एकताको पक्षमा रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा (एमालेका) अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्न÷नगराउन सबैलाई आग्रह गर्नुभएको छ । पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको चियापान समारोहमा उहाँले कुनै पनि गुटगत भेलामा सहभागी नभई पार्टी एकताका पक्षमा रहन सबैलाई आग्रह गर्नुभयो । “एमाले आबद्ध कोही पनि नेता वा कार्यकर्तालाई भोलिको गुटगत भेला नगराउन÷नगर्न, त्यस्तो भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म

संसारभर डिप्रेशनका बिरामीहरूको संख्या करिव ३ करोड : यी हुन डिप्रेसनबाट बच्ने सात उपाय

काठमाडौँ, संसारभर डिप्रेशनका बिरामीहरूको संख्या करिव ३ करोड रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेको। नेपालमा भने यति नै बिरामी छन् भन्ने सरकारी तथ्यांक छैन। तर चिकित्सकहरूको अध्ययनले करिब ८ लाख नेपालीमा डिप्रेशनको समस्या रहेको बताउँछन्। डिप्रेसन कम कडा खालको मानसिक रोग हो। ‘डिप्रेसन कडा मानसिक रोग होइन, तर समयमै रोग पहिचान र उपचार भएन भने डिप्रेशनको रोगीले आत्महत्या समेत गर्न सक्ने भएकोले बेलैमा होशीयारी अपनाएर अपचारमा ध्यान दिनु पर्छ। तसर्थ

कुन कुन ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

काडमाडौँ, आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ । पहाडी भूभागमा अपराह्न आंशिकदेखि

जान्नुहोस आकर्षक देखाउने ५ चीज

काठमाडौँ, ।औपचारिक कार्यक्रममा आफ्नो लुक्सलाई आकर्षक र स्टाइलिस बनाउने हरेकको चाहना हुन्छ । तर सबैसंग प्रत्येक कार्यक्रमका लागि नयाँ–नयाँ ड्रेस नहुन सक्छ । तर तपाईसंग यी पाँच सामाग्री हुन जरुरी छ, जसले तपाईंको लुक्स आकर्षक, स्टाइलिस र स्मार्ट बनाउन सहयोग गर्छ । सेतो रंगको शर्टः सेतो रंगको बटन–डाउन शर्टले राम्रो लुक्स दिन्छ । तपाईले यो शर्ट लगाएर इन्टरभ्यु र अफिसियल काममा सहभागी हुुन सक्नु हुन्छ । यो शर्टलाई तपाईंले फर्मल

किसानलाई लक्षित गरी बाँदर धपाउने उपकरण वितरण

बागमती, मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी खाद्यन्न बाली नोक्सानी पु¥याउने बाँदर धपाउन उपकरण वितरणको तयारी थालेको छ । बाँदरका कारण वर्षौँदेखि बाली बिरुवामा नोक्सानी खेप्दै आएका गाउँपालिकाभित्रका किसानहरुको समस्यालाई मध्यनगर गर्दै ठूलो आवाज निकालेर बाँदर धपाउने उपकरण वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो । गाउँपालिकाले बजेट विनियोजन गरी किसानलाई बाँदर धपाउने २८० वटा उपकरण वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले जानकारी दिनुभयो

यात्रु तानातान गरी जथाभावी भाडा माग्ने, बिचौलिया पक्राउ

भरतपुर, जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर–४ का २५ वर्षीय रोशन खत्री र कास्की पोखरा महानगरपालिका–२६ का २५ वर्षीय निशान तामाङ रहेका छन् । उनीहरुलाई नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ