युग दर्पण

मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम

मड्रिड, बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडी : लिओनेल मेसी सफल हुनुभएको छ । बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त खेलमा दुई गोल पनि गर्नुभएको छ । होएस्काविरुद्धको स्पेनिश प्रिमिअर लिग खेलमा मेसीले अर्को एक गोलका लागि सहयोग गर्नुभएको थियो । बार्सिलोनाले ४–१ ले जितेको सो खेलपछि सो क्लब लिगको अङ्कतालिकामा दोस्रो

रोचक तथ्य : महाभारत युद्धमा सञ्जयले इन्टरनेटको प्रयोग गरेका थिए !

एजेन्सी, भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले केही समय अघि प्राचीन कालमा भारतीयहरूले इन्टरनेटको आविष्कार भएको दाबी गरेका छन्। महाभारत कालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्‌धृत गर्दै उनले त्यति बेला इन्टरनेटको मात्रै नभई भूउपग्रहको समेत प्रयोग हुने गरेका टिप्पणी गरेका हुन्। बीबीसीमा प्रकाशित समाचार अनुसार भारतमा महाभारतकालीन समयमा इन्टरनेटको प्रयोग भएको जनाइएको छ। त्रिपुरामा आयोजित एउटा कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री देवले भनेका थिए कि यो

छिट्टै दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवालाई सहज, सस्तो र गुणस्तरीय बनाउन सरकारले दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी गरेको बताउनुभएको छ । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज आयोजित सूचना प्रविधि क्षेत्रका विज्ञसँगको अन्तक्र्रियामा उहाँले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधि क्षेत्रको विकास गर्न उक्त कम्पनी छिट्टै स्थापना गर्ने तयारी गरेको बताउनुभयो । “सूचनाप्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने

पेट्रोलियम पदार्थको मूल्यमा पुनः बढोत्तरी, लिटरको कति पुग्यो ?

काठमाडौँ, नेपालमा पुनः पेट्रोलियम पदार्थको मूल्य बढेको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ११८ र डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ पुगेको छ। साथै, हवाई ईन्धनको आन्तरिकतर्फ साविकको मूल्यमा २ रुपैयाँ बृद्धि गरी ७४ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ। त्यस्तै, अन्तर्राष्ट्रियतर्फ

फेरि पनि संसद विघटन हुन्छः प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विजनेश गर्न नसके फेरि संसद् विघटन हुने बताएका छन्। राष्ट्रपति विद्या भण्डारीले डाकेको सर्वदलीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापित भएपछि सहज रूपमा चल्न नदिने प्रयास भएको भन्दै सरकार र संसद् चल्न नदिए फेरि पनि संसद विघटन हुने चेतावनी दिएका हुन्। “प्रतिनिधिसभा चल्न नसक्ने भएपछि विघटन गरेर ताजा जनादेशका लागि चुनाव घोषणा भएको थियो,” प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै भेटमा सहभागी नेमकिपा सांसद प्रेम

कैलालीमा खाना पकाउने ग्यासमा चुहावट भएर  आगलागी हुँदा चार घाइते

कैलाली, कैलालीको टीकापुर नगरपालिका–१ निवासी जीवन विष्टको भान्सा घरमा खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा चार घाइते भएका छन् । ग्यास जडान गर्ने क्रममा आज भएको आगलागीबाट ३० वर्षीय निज विष्टसहित उहाँकी पत्नी २८ वर्षीया बबिता विष्ट, तीन वर्षीय छोरा जेनेल र सोही वडाको विजयनगर मुक्तकमैया शिविरका हरि चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताउनुभयो । घाइतेमध्ये जीवन विष्ट र हरी चौधरीको अवस्था गम्भीर छ ।

लागुऔषधसहित दुई भारतीय पक्राउ

काठमाडौँ, नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा लागुऔषधसहित दुई भारतीय नागरिकलाई आज बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार मोतिहारी मौहावाका १९ वर्षीय पप्पुकुमार यादव र भारत विहार मोतिहारी बेलाजितपुरका २६ वर्षीय सुवासकुमार यादव रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार

माओवादी केन्द्रको वार्ता टोली गठन, गृहमन्त्री बादलसहितका नेतासँग वार्ता गर्ने

काठमाडौँ, नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ। यस्तै प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभामा दलको नेताका रुपमा दिनानाथ शर्मालाई चयन गरेको पार्टी स्थायी समिती सदस्य वर्षमान पुनले जानकारी दिए। बैठकले एमालेतिर लागेका माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरूसँग छलफल गर्न पार्टीका उपाध्याक्ष नारायणकाजी श्रेष्ठ, देव गुरुङ र

कांग्रेस महाधिवेशनमा सिटौला सभापतिमा लड्ने सम्भावना

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओलीसँग सहकार्य गरेर आफ्नो पार्टी सरकारमा नजाने दाबी गरेका छन्। उनले अब ओलीसँग देशलाई राजनीतिक नेतृत्व दिने हैसियत बाँकी नरहेको टिप्पणी गरेका छन्। मंगलबार प्रेस यूनियन शाखा सप्तरीले सदरमुकाम राजबिराजमा गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकारमा जाने बताए। उनले भने, ‘यसका निम्ति तयारी भइरहेको छ।’ उनले अगाडि भने, ‘कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र

लामखुट्टेले तपाईंलाई अरुलाई भन्दा धेरै टोक्नुका पाँच कारण :  जान्नुहोस टोकाइबाट बच्ने तरिका

एजेन्सी, गर्मी महिना सुरु हुँदैछ र यो मौसम लामखुट्टेका कारण धेरैजसोको अप्रिय बन्ने गर्छ । के तापईंले याद गर्नुभएको छ ? लामखुट्टेले केही विशेष मानिसलाई बढी टोक्ने गर्छ । तपाईं कोही साथीसँग कतै पार्कमा घुम्न जानुभएका बेला लामखुट्टेले कसैलाई बढी नै टोक्ने र कसैलाई अलि कम टोक्ने गर्छ । लामखुट्टेले केही मानिसहरुलाई किन विशेष निशानामा पार्छ ? यसबारे हामी जानकारी दिँदैछौं । तपाईंको मेटाबोलिक एक जटिल विषय हो । तर