युग दर्पण

लागुऔषध लतले श्रीमतीको हत्या

काठमाडौँ, लागुऔषधको लतमा फसेका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका सन्तोष सापकोटाले श्रीमती सन्तोषी श्रेष्ठलाई हथौडाले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौँको दाबी छ । घटनामा सवुध प्रमाणसहित सापकोटालाई पक्राउ गरी आज परिसरमा सार्वजनिक गर्ने क्रममा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भन्नुभयो, “हत्यापछि शवलाई तन्नामा पोको पारी बोरामा हालेर फ्याक्ने प्रयास गरेको पाइयो ।” अभियुक्त श्रीमतीले लगाएका गरगहना तथा नगद पैसा

बिना जानकारी ल्याइएको खोपमाथि स्वास्थ्य मन्त्रालयद्वारा छानबिन सुरु

काठमाडौँ, सोमबार बहराइनबाट नेपाल ल्याइएको २ हजार डोज कोरोना भाइरसविरुद्घको खोपको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य मन्त्रालयसँग समन्वय नै नगरी बहराइनबाट सोमबार २ हजार डोज खोप भित्रिएको थियो। मन्त्रालयले मंगलबार सो खोपको विषयमा छलफल गरेको हो। नेपाली राजदूतावासले नै खोप सहितको टोलीलाई नेपाल पठाएको समाचार आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार औषधि व्यवस्था विभागसँग छलफल गरेको हो। मन्त्रालयका अनुसार खोप सोमबार नै आएपनि स्वास्थ्य

कँडेलको मुख्यमन्त्री मोह, नेपाल समूह भन्छ– समर्थन कायमै छ

काठमाडौँ, नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठक बुधबार सम्पन्न भएको छ। संसदीय दलको नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको छ। साथै एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाउने बारेसमेत निर्णय गरेको छ। पूर्ववत अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएसँगै माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री बनेका शाहीविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली समूह कसिलो ढंगले विरोधमा उत्रिएको छ। कर्णाली प्रदेशमा कूल

बाघको आक्रमणमा एकको मृत्यु

बाँके, बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा जानुभएको थियो । बाघले रावतलाई आक्रमण गरेको थाहा पाउँदा निकुञ्ज सुरक्षार्थ खटिएका देवीदत्त नेपाली सेनाका गणपति दिनेश कार्कीको टोली र इलाका प्रहरी कार्यालय बगनाहाबाट गएको संयुक्त टोलीले आज शव फेला पारेको छ । रावतको शव परीक्षणका लागि जिल्ला प्रहरी

विद्यार्थीमा भाइरल ज्वरो : विद्यालय बन्द गरिएको 

डोटी, जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो । विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा

भेलामा माधवकुमार नेपालले पेश गरे यस्तो राजनीतिक प्रस्ताव (प्रस्तावसहित)

काठमाडौँ, नेकपा एमालेको नेपाल समूहले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन्। उद्घाटन सत्र सकिएपछि उनले ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने प्रस्ताव पेश गरेका हुन्। यस्तो छ प्रस्तावको पूर्णपाठः आज हामीले यस राष्ट्रिय भेलाको आयोजना जुन क्षणमा गर्दै छौँ यो कम्युनिष्ट आन्दोलनको असाधारण परिस्थिति हो । एकातिर हामी गएका ७० वर्षमा कम्युनिष्ट आन्दोलनले गरेको त्याग, बगाएको रगत, भोगेको

सूर्य चिह्नबाट चुनाव जितेकालाई ओलीले बैठकमा बोलाए

काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। संसदीय दलको नेताको हैसियतमा उनले भोलि बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन्। बैठकमा सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबै सांसदहरुलाई बैठकमा आमन्त्रण गरिएको एक नेताले जानकारी दिए।

बम विस्फोटमा परी पाँच महिला र एक बाललको मृत्यु

काबुल, अफगानिस्तानको राजधानी काबुलमा सरकारी कर्मचारीहरु चढेको एक बस सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकको मृत्यु भएको सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । गत सोमबार साँझको व्यस्त समयमा काबुल भएको यस बम विस्फोटमा परी दुर्भाग्यवस पाँच महिला एक बालक मारिनुको साथै अन्य अन्य १७ घाइते भएका मन्त्रालयका प्रवक्ता नसरतुल्लाह नसेरीले एएफपीलाई बताउनु भएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । यद्यपी

६८ हजारले लिए १ खर्ब १२ अर्ब सहुलियतपूर्ण ऋण

काठमाडौँ, एक महिनामा करिब ८ हजार व्यक्ति तथा व्यवसायिक फर्महरूले सहुलियतपूर्ण ऋण लिएका छन्। गत पुस महिनाको तुलनामा माघ महिनामा सुहिलयत ऋण लिनेको संख्या ७ हजार ६ सय भन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकले बताएको छ। केन्द्रीय बैंकले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६८ हजार २ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा लिएका छन्। हालसम्म १ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा रहेको राष्ट्र बैंकले

कमरेड अझै समय छ, यो भेलामा आइदिनुस् -नेत्री शाक्य

काठमाडौँ,  माधव कुमार नेपाल पक्षको नेकपा एमालेले घोषणा गरेको राष्ट्रिय कार्यकर्ता भेला यतिबेला सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको छ। भेलाको अध्यक्षता पार्टिका वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् भने कार्यक्रमको विशेष आतिथ्यता नेता माधवकुमार नेपालले गरेका छन्। भेलामा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहित अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, उपाध्यक्ष युवराज ज्ञवााली, नेताहरू भीम रावल, अष्टलक्ष्मि शाक्य, गोकर्ण विष्ट, रघुजी पन्त लगायतको सहभागिता रहेको छ। भेलालाई सम्बोधन गर्दै नेत्री