युग दर्पण

आगलागीबाट वृद्धाको मृत्यु

ललितपुर, ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय

केपी ओली महाठग हुन् -प्रचण्ड

काठमाडौँ,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एकताको प्रस्तावक नै आफू भएको बताएका छन्। आज सिन्धुलीमा कार्यकर्ताहरूसँगको भेटघाटमा दाहालले यस्तो भनेका हुन्। उनले कम्युनिष्ट एकता प्रतिक्रियावादीलाई मन नपरेको र उनीहरूले आफूलाई नै निसाना बनाएको जिकिर गरे। प्रचण्डले प्रधानमन्त्री ओलीलाई महाठगको संज्ञा दिँदै भने, ‘ओली त महाठग रहेछन्। यस्तो ठग देखिनँ। पार्टी फुट्ला कि भनेर थरथर काम्नुपर्ने भयो। पार्टी बच्ला कि भनेर प्रधानमन्त्री पनि पाँचै वर्ष खाऊ भनेँ।

कोरोना सङ्क्रमितलाई रु पाँच हजार उपलब्ध गराइँदै

काठमाडौँ, नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ । नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो । गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रु पाँच हजार वितरण गर्न थालिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभयो । उहाँले

सम्बन्ध टिप्स : यसरी जित्न सकिन्छ पार्टनरको मन

आम मानिस आआफ्नो पार्टनरसँगको सम्बन्धलाई लिएर सधै सचेत हुने गरेको पाइन्छ। बढ्दो आधुनिकीकरणसंगै सम्बन्धमा पनि अनेक उतारचढाव आइरहेको देखिन्छ। तर समस्या जहाँ हुन्छ त्यहाँ समाधानका अनेकन उपायहरु पनि हुन्छन्। आफ्नो पार्टनरलाई सधै खुशी राख्न र आफूप्रति आकर्षित बनाइराख्न विज्ञहरुले केही सुझाव सुझाएका छन्। सुगन्धित बन्नुहोस् संसार भरिको सबै मानिसलाई सुगन्धित बास्नाले आर्कषित गरेको हुन्छ नै। सुगन्धित बास्ना र आर्कषणको संयोजनले पार्टनरबिचको सम्बन्धलाई धेरै प्रभाव पारेको हुन्छ। तसर्थ आफ्नो पार्टनरलाई मनपर्ने

 जान्नुहोस लसुन खानुका पाँच फाइदा र बेफाइदा यस्ताछन्

काठमाडौँ, लसुन हाम्रो किचनमा सजिलै उपलब्ध हुन्छ । विशेषरुपमा यसको प्रयोग खानाको स्वाद बढाउन गरिन्छ । यसले तपाईंलाई विभिन्न स्वास्थ्य लाभ प्रदान गर्छ जस्तै रक्तचापलाई कम गर्नु, कोलेस्ट्रोलको स्तरलाई घटाउनु, कार्डियोभास्कुलर स्वास्थ्यमा सुधार गर्नु र क्यान्सरलाई रोक्न सहयोग गर्नु । लसुनलाई औषधीको रुपमा समेत प्रयोग गरिन्छ । यसका विभिन्न फाइदा भएपनि योसँगै बेफाइदा पनि जोडिएका छन् । आज हामी तपाईंलाई लसुन खाने र नखाने कारणबारे जानकारी दिँदै छौं । लसुन

गुटको भेला गर्ने मुख्य व्यक्तिबाट कारवाही शुरु हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब माधव नेपालसँग गुटको नेताका रुपमा कुनै पनि डिल नहुने प्रष्ट पारेका छन्। एमालेको नाममा गुटको भेला गरेबापत मुख्य व्यक्तिबाट कारवाही शुरु हुने समेत ओलीले चेतावनी दिएका छन्। बुधवार राती नेपाल प्रेस अनलाइनसँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष ओलीले माधव नेपाल–झलनाथ खनालहरु अहिले एमाले नरहेको समेत बताएका छन्। ओलीले भेला गरेबापत र विगतमा आफूलाई कारवाही गरेबापत माफी मागेर आएको खण्डमा

नातिनी बलात्कार गर्नेलाई आजीवन कारावास

काठमाडौँ, जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई कलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ। बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावास सुनाएको हो। यस्तै, उनीमाथि ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले जानकारी दिए। कसुरदार पुरुषले पीडित राहत कोषमा चार हजार रुपैयाँ जम्मा गर्नु पर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले बताएको छ।

१ करोड ५० लाख रुपैयाँ जरिवाना भएका व्यक्ति पक्राउ

काठमाडौँ, नेपाल प्रहरीले १ करोड ८५ लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका १ व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १ करोड ८५ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मंगलवार पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले उच्च अदालत पाटनको विक्रम संवत् २०७७ माघ ५ गतेको फैसलापछि १ महिना कैद र

दलको नेतृत्वमा त्यागको भावना आउनुपर्ने : अध्यक्ष थापा

मकवानपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई सवल, समृद्ध र स्वाधिनतालाई अटल राख्न राजनीतिक दलको नेतृत्वले अब निष्ठाको राजनीतिलाई जनताको सेवामा लगाउन आँट गर्नुपर्ने बेला आएको बताउनुभएको छ । राप्रपा हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले बाह्य शक्तिको दबाब र प्रभावले राजनीतिक दलका नेतृत्वमाथि अनावश्यक हस्तक्षेप बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष थापाले राष्ट्रमा सबै शक्तिको विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता परेको चर्चा

संसारभर कोरोनाको तेस्रो लहर, इटालीमा पुनः लकडाउन

काठमाडौँ, संसारभर देखिएको कोरोनाको नयाँ खतरालाई मध्यनजर गर्दै इटालीमा पुनः लकडाउन गरिएको छ। इटालीका अधिकारीहरूका अनुसार कोरोनाको तेस्रो लहरलाई रोक्न लकडाउन गरिएको हो। उता जर्मन सरकारको स्वास्थ्य एजेन्सी रोबर्ट कोच संस्थानका प्रमुखले जर्मनीमा कोरोनाको तेस्रो लहर पहिल्यै शुरू भइसकेको बताएका छन्। फ्रान्समा नोभेम्बरपछि हरेक दिन हजारौँ संक्रमितहरू फेला पर्न थालेका हुन्। कोरोनाको यस लहरका बीच त्यहाँ पनि लकडाउन गर्ने बारेमा विचार गरिरहेको बताइएको छ। अहिले युरोपमा दैनिक डेढ लाखभन्दा बढी