युग दर्पण

वडाध्यक्षसँगै महिला प्रहरी नियन्त्रणमा

बैतडी, दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उहाँले नै प्रहरीलाई खबर गर्नुभएको थियो । शङ्कास्पद भेटिएका दुवै जनालाई जिल्ला ल्याइन

प्रधानमन्त्रीमा मेरो दाबी रहँदैन : प्रचण्ड

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताए। प्रेस सङ्गठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन्। उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ।” “सहमति अब धेरै टाढा छैन”, उनले भने। लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले

मेगा बैंक र एडीबीको साझेदारी

काठमाडौँ, मेगा बैंक नेपाल लिमिटेडले एसियाली विकास बैंक (एडीबी) सँग साझेदारी गरेको छ। नेपालका ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौँ साझेदार बैंक भएको हो। दिगो विकास लक्ष्यका अवधारणाहरूलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरूमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमुलक उद्योग व्यवसायलाई प्रवर्द्घन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तरदेशीय व्यापारका लागि ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको छ। नेपालका साना तथा मझौला व्यवसाय तथा

भ्याट छली गरेको अभियोगमा मुद्दा

काठमाडौँ, राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)  बिल बनाई राजश्व छली गरेको अभियोगमा सन्तोषी निर्माण सेवा प्रालिका प्रमुख केशवराज कँडेलसहित तीन जनाविरुद्ध आज पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । विभागका अनुसार पौडेलविरुद्ध रु एक करोड ८९ लाख २७ हजार ११२ बराबरको बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो । सन्तोषी÷लोहनी जेभी र सन्तोषी निर्माण सेवाले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिको नागरिकता र

वाइसिएल राष्ट्रिय भेलाको मिति तोकियो

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको फैसलापछि माउ पार्टी ब्युँताएपछि हिजो र आज बसेको वाइसिएलको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसिएलका सचिव पुष्प ओलीले जानकारी दिनुभयो । सङ्गठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेलाअगावै टोल

'ओली, कि झुठ बोल्नुहुन्छ कि निन्दा बोल्नुहुन्छ'

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दुर्भाग्यतिर लगेको आरोप लगाएका छन्। हेरिटेज गार्डेनमा भएको राष्ट्रिय कार्यकर्ता भेलाको समापन समारोहलाई सम्बोधन गर्दै भुसालले पार्टीको अहिलेको अवस्था भयानक दुर्भाग्य भएको टिप्पणी गरेका हुन्। उनले भने, ‘गौरवशाली इतिहास र लाखौँ कार्यकर्ता भएको पार्टीका अध्यक्ष र पार्टीले प्रधानमन्त्री बनाएको व्यक्तिले एकपछि अर्को सुनियोजित गल्ती गर्दै पार्टीको भविष्यलाई दुर्भाग्यतिर लैजाँदैछन्। यस्ता मान्छले कम्युनिष्ट आन्दोलनलाई उठ्नै

'ओलीको विकल्पमा आउने सरकार कांग्रेस नेतृत्वको हुन्छ'

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्घ अविश्वास प्रस्ताव दर्ता हुने बताएका छन्। कांग्रेस नेता अशोक कोइरालाको निधनपछि अन्तिम बिदाइमा सहभागी हुन विराटनगर पुगेका कोइरालाले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओली सरकार अवैधानिक भएकाले त्यसको विकल्प अनिवार्य भएको बताउँदै यस्तो भनेका हुन्। उनले भने, ‘अबको १० दिनमै ओली सरकारको विकल्पका लागि संसदमा अविश्वास प्रस्ताव दर्ता हुन्छ। कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर

इन्धनको मूल्य बढेसँगै यातायात भाडा बढाउन माग

काठमाडौँ, यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात भाडा बढाउन माग गरेका छन्। यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका हुन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो। महासंघले पटक-पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको बताउँदै चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरू सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन्। महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज

नगरपालिकाकै लगानीमा सडक कालोपत्र

चरीकोट, दोलखाको भीमेश्वर नगरपालिकाले सडक कालोपत्र गर्न शुरुआत गरेको छ । भीमेश्वर–४ जिलु जाने भटमासे जिलु सडक नगरपालिकाले आफ्नै लगानी गरी कालोपत्र गर्न शुरु गरेको वडा नं४ का वडाध्यक्ष हरिवंश चौलागाईले जानकारी दिनुभयो । नगरपालिका र वाग्मती प्रदेश सरकारको कूल ८४ लाखको लागतमा सार्कीस्वाराडाँडादेखि भट्मासे गोलाइसम्म करीब ९०० मिटर पक्की सडक धमाधम निर्माण भइरहेको उहाँले बताउनुभयो । भूकम्पपछि नगरपालिको निर्माण गरेको जिलु नमूना एकीकृत बस्ती तथा वडा नं ४ का

उखु किसानको भुक्तानीको समस्या अब दोहोरिन्न -मन्त्री अर्याल

काठमाडौँ, सरकारले उखु किसानहरूको उखु बिक्री तथा भुक्तानी समस्याको दीर्घकालीन समाधान भएको बताएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्री पदमा अर्यालले उखु किसानको भुक्तानी समस्याको समाधान समस्या पुनः नदोहोरिने गरी निकालिएको दाबी गरेकी छन्। उनले उखु किसानको पहिचान दिने र दर्ता गराएर थप सेवा, सुविधा, अनुदान उपलब्ध गराउने गरी योजना बनाइएको जानकारी दिइन्। मन्त्री अर्यालले आफूले मन्त्रालय सम्हाल्ने बित्तिकै किसानको समस्यामाथि तत्काल गर्न सकिने सम्बोधन, दीर्घकालीन समस्या र तिनको समाधान