युग दर्पण

नेकपा विभाजन, ओलीबाट रुष्ट भएका एमालेका नेताहरु माओवादी केन्द्रसँग फरक नाम राखेर एकता

काठमाडौँ। सर्वोच्च अदालतले पार्टी विभाजित गरिदिएको २४ दिनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुनरावलोकनको निवेदन लिएर सर्वोच्च गए। तत्कालिन नेकपा अर्थात एमाले र माओवादी केन्द्रबीचको एकता कायम रहनु पर्ने मागसहित उहाँ अदालत गएको २ दिनपछि सर्वोच्चले पुनरावलोन नगर्ने फैसला सुनाइदियो। अब नयाँ ढंगले मिलेर आउने भए आउ तर पुरानो एकता अब कायम हुँदैन भन्ने फैसला गरिदियो। यो फैसलासँगै अब एमाले र माओवादी केन्द्रबीचको एकता कायम हुने बाटो औपचारिक रुपमा टुंगिएको

बम विस्फोट : एकको मृत्यु, एकको उपचार हुँदै

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै बिहीबार साँझ मृत्यु भएको

‘फास्ट ट्र्याक’को एउटा ठेक्का रद्द गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले काठमाडौँ तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणका दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरेर पुनःप्रक्रिया शुरु गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले पूर्वयोग्यताबाट एउटा कम्पनी मात्रै छनोट भएकाले प्रतिस्पर्धा हुन नसक्ने भन्दै त्यसलाई रोक्न सरकारलाई निर्देशन दिएको हो । समितिले सार्वजनिक खरीद अनुगमन कार्यालयले अन्तरराष्ट्रिय कम्पनी सहभागी हुने ठेक्कामा प्रक्रिया अघि बढाउँदा आवश्यक कागजात, निर्देशिका र कार्यविधि सकेसम्म चाँडो तयार गरेर

लोकतन्त्र जोखिममा : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भएको बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्व नवीन्द्रराज जोशीको सातौँ दिनको पुण्यतिथिमा देवघाटमा आज आयोजित अस्तु विसर्जन एवं श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै उहाँले अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अवस्थामा पुगेको धारणा व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, “देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ

आइएमई लुटपाट गर्ने पक्राउ

काठमाडौँ । काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट रु छ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भइ काठमाडौँ बस्ने तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका उमेश केसीलाई पक्राउ

सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ओलीले निलम्बन गरे

काठमाडौँ । केहीदिन अघि नेताहरू माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गरेको नेकपा एमालेले अर्का नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरू ६ महिना निलम्बन गरेका हुन्। उनीहरूले दिएको स्पष्टीकरणको चित्तबुझ्दो नभएको भन्दै कारबाही गरिएको पत्रमा उल्लेख छ। गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

जान्नुहोस् पुरुषमा के देखेर महिलाहरु आकर्षित हुन्छन्

एजेन्सी । वास्तवमा पुरुषको के चीज त्यस्तो हुन्छ, जो महिलालाई आकर्षक लाग्छ । शारीरिक बनावट या चरित्र , या उनीहरुको ड्यासिङ लूक, मुस्कान अथवा पूरै व्यक्तित्वले उनीहरुलाई आकर्षक बनाउँछ ? वास्तममा पुरुषमा के देखेर महिलाहरु आकर्षित हुन्छन् ? शारीरिक बनावट या चरित्र कुन महत्वपूर्ण हुन्छ ? विषय जति जटिल छ उत्तिकै रोचक पनि छ । धेरै अध्ययन र शोधले यसमा आफ्नो आफ्नो निष्कर्श निकालिसकेका छन् । बौद्धिक प्रवृत्ति महत्वपूर्ण ३

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

काठमाडौँ । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनुभयो । विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र पसी बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिनुभयो । भदौ

नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

काठमाडौँ । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए । एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी

नयाँ सरकार बनाउन दाहालको दौडधुप

काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरूबीच छलफल सुरु भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल गरे। ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो। प्रतिपक्ष दलहरूको समर्थन जुटाएर दाहालकै नेतृत्वमा सरकार निर्माणका लागि उनले दौडधुप सुरू