युग दर्पण

त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारवहनका रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ । त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने

जन्ती बोकेको जिप दुर्घटना : एकको मृत्यु, एघार घाइते

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका– ६ हिरापुरमा आज जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा परी ११ जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ का ५५ वर्षीय देवीलाल जोशी रहेका बैतडीका प्रहरी प्रवक्ता किशोर सिंह ऐरीले जानकारी दिनुभयो । यस्तै, दुर्घटनामा परी जिपका चालक दशरथचन्द नगरपालिका–९ का २५ वर्षीय तारन जोशी र सोही ठाउँका ३७ वर्षीय

सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

काठमाडौँ । दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना सङ्क्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यही वैशाख १४ गते राति १२ः०० बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी हुनेछ । नागरिकको भीड कम गरी सङ्क्रमण फैलन नदिन निषेधाज्ञा जारी

प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उहाँले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गर्नुभएको हो । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ । एक सय ६५ निर्वाचन क्षेत्रमा एक÷एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले

हात्तीको आक्रमणबाट कैलालीका डगौराको मृत्यु

कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको बताए। चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ। पछिल्लो समय वन जङ्गलभित्र र आसपासका क्षेत्रमा जङ्गली जनावरले मानिसलाई आक्रमण

केपी शर्मा ओली : सरकारलाई काम गर्न दिएनन्

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि पार्टीहरूले सरकारलाई काम गर्न नदिएको बताएका छन्। शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘संविधान मासियो, च्यातियो, लोकतन्त्र सकियो भन्ने व्यक्तिगत आकांक्ष पूरा नहुँदा सबैले भन्ने यस्तै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘संसद पुनस्थापना भो, न काम गर्न सक्छ न काम गर्न दिन्छ, यस्तो अवस्थामा दलहरूको स्वार्थले संसद तानातान भयो, पहिले नै मैले सरकारलाई काम गर्न दिइएको

जनगणनाको कार्यक्रम सार्वजनिक

काठमाडौँ । सहभागितामूलक तवरले राष्ट्रिय जनगणना विसं २०७८ सफल पार्न आज रसुवामा पहिलो सर्वपक्षीय छलफल सम्पन्न भएको छ । जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, उमेर, समूह समग्रमा कति छौँ भन्ने उद्देश्यका साथ आगामी २०७८ जेठ २५ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने जनगणनाको समग्र कार्यतालिका आम नागरिकलाई सूचित गराउन स्थानीय तहका प्रतिनिधि, नागरिक समाज, सरोकारवाला निकाय, पत्रकारसमेतको सहभागितामा कार्यक्रम सार्वजनिक गरिएको हो । जनगणना सम्पन्न गर्न ७८ गणक एवम् २१

ताइवान रेल दुर्घटनामा दर्जनौंको मृत्यु

काठमाडौँ । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा केही दर्जन यात्रीको मृत्यु भएको छ । ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् । प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको छ भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पु¥याइएको छ

कंगोमा विद्रोहीले हमला गरी २९ जना गाउँलेको हत्या

काठमाडौँ । उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ । युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स ९एडिएफ० ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो । त्यस आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । बेनीको नगरपालिका प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी गराएको

कपालको सुरक्षाका लागि कस्तो प्राकृतिक उपचार गर्ने ? यस्तो छ विज्ञको सुझाव

एजेन्सी । कपालको उपचार पछिल्लो समय धेरैको लागि टाउको दुखाइको विषय बन्ने गरेको पाइन्छ । सानो उमेरमा नै कपाल झरेर आधा टाउको खाली हुनु, कपाल पातलो हुनु, कपाल फुस्रो हुनु जस्ता समस्याहरु धेरैले भोग्ने साझा समस्याहरु हुन् । तर यसको उपचार कसरी गर्ने त ? जानकारहरु यसको आधुनिक उपचार र प्राकृतिक गरी दुई किसिमको उपचार पद्धति रहेको बताउँछन् । तपाईंको कपाल तपाईंको महिमा हो । मान्छेले तपाईंलाई भेट्दा सबैभन्दा आँखा