युग दर्पण, Author at युग दर्पण https://www.yugdarpan.com/archives/author/bhattakeshav15 www.yugdarpan.com Fri, 11 Mar 2022 03:52:57 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png युग दर्पण, Author at युग दर्पण https://www.yugdarpan.com/archives/author/bhattakeshav15 32 32 178717794 ताप्लेजुङ सदरमुकाममा आगलागी https://www.yugdarpan.com/archives/6742 https://www.yugdarpan.com/archives/6742#respond Fri, 11 Mar 2022 03:52:57 +0000 http://www.yugdarpan.com/?p=6742 ताप्लेजुङ, ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण

The post ताप्लेजुङ सदरमुकाममा आगलागी appeared first on युग दर्पण.

]]>
ताप्लेजुङ, ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ ।

स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।

आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ । थप विवरण आउन बाँकी छ । प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो ।

The post ताप्लेजुङ सदरमुकाममा आगलागी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6742/feed 0 6742
अमेरिकी स्वार्थ र एमसीसी https://www.yugdarpan.com/archives/6711 https://www.yugdarpan.com/archives/6711#respond Sat, 05 Mar 2022 15:35:31 +0000 http://www.yugdarpan.com/?p=6711 आदित्यमान श्रेष्ठ | धेरै वादविवाद, विरोध–अवरोध र होहल्लासँगै नेपालको संसदबाट एमसीसी सम्झौता पास गरियो। यो सम्पूर्ण प्रकरणमा धेरै अस्वाभाविक कुराहरू देख्न पाइयो। सर्वप्रथम त प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउनका लागि जुन अडान लिए त्यो नै अस्वाभाविक थियो। जसरी सत्ता गठवन्धनका अन्य दलहरूलाई करकापमा पारेर यो सम्झौता पास गरियो, त्यसबाट उत्पन्न परिस्थिति र भविष्यमा त्यसले पार्न सक्ने प्रभावलाई हेर्दा एमसीसीले नेपालको राजनीतिमा मात्र होइन नेपालको राष्ट्रिय जीवन शैलीमा नै खलबली

The post अमेरिकी स्वार्थ र एमसीसी appeared first on युग दर्पण.

]]>
आदित्यमान श्रेष्ठ | धेरै वादविवाद, विरोध–अवरोध र होहल्लासँगै नेपालको संसदबाट एमसीसी सम्झौता पास गरियो। यो सम्पूर्ण प्रकरणमा धेरै अस्वाभाविक कुराहरू देख्न पाइयो। सर्वप्रथम त प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउनका लागि जुन अडान लिए त्यो नै अस्वाभाविक थियो। जसरी सत्ता गठवन्धनका अन्य दलहरूलाई करकापमा पारेर यो सम्झौता पास गरियो, त्यसबाट उत्पन्न परिस्थिति र भविष्यमा त्यसले पार्न सक्ने प्रभावलाई हेर्दा एमसीसीले नेपालको राजनीतिमा मात्र होइन नेपालको राष्ट्रिय जीवन शैलीमा नै खलबली पैदा गरिदिएको मान्न सकिन्छ। तर यी कुराहरूलाई मनन गरेर समस्या समाधान गर्ने कुरामा वर्तमान सरकारले एकदमै उदासीन देखिएको छ,  यस्तो लाग्छ, यो विषयमाथि न सरकारले ध्यान देखाएको छ,  न समस्या समाधान गर्न सक्षम नै छ।

एमसीसी पास भएका खण्डमा नेपालमा ठुलो असुरक्षाको भावना फैलिन्छ भनेर पहिले पनि भनिसकिएकै हो। डा. बाबुराम भट्टराईले पनि भनिसकेका छन्– ‘अब यस्तो समय आयो जब नेपाली सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा निडर भएर जान सक्दैनन्। उनीहरूलाई डर छ कि कसैले उनीहरूमाथि भौतिक कारवाही गर्न सक्छन्। हुन पनि संसदबाट एमसीसी पास गर्ने सिलसिलामा सांसदहरूलाई ज्यान मार्ने सम्मको धम्की दिइएको थियो। एमसीसीको विषयलाई लिएर आजसम्म कसैमाथि पनि त्यसरी आक्रमण भएको समाचार सुन्नमा आएको छैन, तर मानिसहरूको मनमा त्रास र भयले बास भने गरिसकेको छ।

एमसीसी सम्झौताले छिमेकी मुलुक चीनको मनमा भने चीसो पसेको संकेतहरू देखा परेका छन्। नेपालमा भएका परिवर्तनहरूमाथि कहिल्यै आफ्नो प्रतिक्रिया नजनाउने कम्युनिष्ट राक्ष्ट्र चीन यो सम्झौताबाट भने तर्सिएझैँ गर्दैछ। उसले एमसीसी सम्झौता मुख्यतः चीनकै विरोधका लागि आएको ठानेको छ। अमेरिकाले  स्पष्टसँग ‘एमसीसीलाई नेपालको संसदले पास गरेन भने यसमा चीनकै हात रहेको अमेरिकाले ठान्ने छ’ अभिव्यक्ति दिएको थियो। अब एमसीसी संसदबाट पास भएपछि चीनले नेपाललाई अर्घेलो सम्झिएको खण्डमा पनि त्यसलाई अन्यथा लिन सकिन्न। भोलि नेपाली भूमिमा चीन र अमेरिकाको भिडन्त हुने त होइन भनेर मानिसहरू अड्कल लगाउँदै छन्। भविष्यमा त्यस्तो भइहाल्यो भने पनि त्यसमा आश्चर्य नमाने हुन्छ किनकी एमसीसी प्रकरणले नेपालले नै यस्तो अवस्था सिर्जना गर्न खोजेको देखिएको छ।

एमसीसी पास गरेर नेपाल अमेरिकाको निकट हुन चाहेको र केही व्यक्ति उनीहरूको प्रियपात्र बन्न चाहिरहेको कुरा बुझ्न गाह्रो छैन। यदी त्यसो हो भने उनीहरूलाई पानामाका जनरल नोरियगाको कथा सम्झाइदिनु उचित हुनेछ। नोरियगा पानामाको राष्ट्रपतिको पदसम्म पुगेका व्यक्ति हुन्। तर उनलाई अमेरिकी सेनाले जवर्जस्ती अमेरिका पु¥याए र लामो समयसम्म बन्दी बनाइर जेलमा सडायो। अमेरिका जस्तो शक्तिशाली देशले चाहेका खण्डमा उसले जे पनि गर्न सक्छ भत्रे कुराको यो राम्रो उदाहरण हो।

सन् १९८१ देखि १९८७ को अवधिमा नोरियगा अमेरिकासँग निकट सम्बन्ध स्थापित गर्न सफल भए। अमेरिका सुरक्षाको खोजीमा थियो भने नोरियगा  अमेरिकाको दलाली गरेर व्यक्तिगत स्वार्थलाई बढावा दिन चाहन्थे, त्यसैले उनीहरूको सम्वन्ध मिल्न गएको थियो। सन् १९७९ र १९८१ बीचको अवधिमा निकारागुवा र एल साल्भाडोरमा भैरहेको आन्तरिक कलहले गर्दा अमेरिका लाई कसैको सहयोग आवश्यक भइरहेको थियोे। यस्तोमा नोरियगाले अमेरिकाको साथ दिए। नोरियगाले अमेरिकाको चालबाजी सफल बनाउन पैसा र हतियार दुबै हात पारे। निकारागुवाका कन्ट्रा विद्रोहीहरूलाई सहयोग गर्न आफ्नो देश पानामामा अमेरिकी गुप्तचर विभागलाई काम गर्न छुट दिए। अर्कोतिर एल साल्भाडोरमा चलिरहेको वामपन्थी विद्रोहीहरूलाई दबाउन पनि उनले उत्तिकै सहयोग गरे। उनले सन् १९८६ मा निकारागुवामा आक्रमणको तैयारी गर्न त्यहाँका विद्रोहीहरूलाई पानामाको भूमि प्रयोग गर्न दिएका थिए।

यसको बदलामा अमेरिकाले नोरियगालाई वर्षको एक लाख दस हजार डलर दिने गर्दथ्यो भनेर नोरियगाका जीवनी लेखकले भनेका थिए। समयक्रमसँगै यो रकम बढ्दै गएर दुई लाख डलरसम्म पुगेको कुरा पनि बताइएको थियो। उनले यसरी अमेरिकालाई खुसी पारेर यति नै रकम पाए भनेर तोकेरै भन्न नसकिए पनि उनले ठूलै रकम हात पारेको सबैतिरबाट पुष्टि भइसकेको छ। जे भए पनि कुनै समय यस्तो थियो कि पानामाको नोरियगा अमेरिकाको ज्यादै नजिकका आफन्त जस्तै बनेर बसेका थिए।

तर अमेरिका र नोरियगाबिचको त्यो सम्बन्ध दीगो भने बन्न सकेन। नोरियगामाथि अमेरिकामा अवैध नशालु लागुपदार्थको कारोबार गरेको आरोप लाग्यो। उनले विशेषगरी अमेरिकामा कोकिन पठाउने गरेको पत्ता लाग्यो। नोरियगाको कारवाहीलाई नियन्त्रण गर्न सके अमेरिकामा हुने लागू पदार्थको प्रयोग धेरै कम गर्न सकिन्छ भत्रे निश्कर्ष अमेरिकाले निकाल्यो।

सन् १९८९ मा नोरियगालाई हटाउन एउटा सैनिक षडयन्त्र पनि गरिएको थियो जुन सफल भने हुन सकेन। त्यस पछि अमेरिकाले पानामामा सैन्य कावाही ग¥यो र सन् १९९० मा नोरियगालाई पक्राउ गरेर अमेरिका पु¥यायो। सन् १९९२ मा नोरियगालाई अमेरिकामा कोकिन पठाएको र लागू पदार्थको व्यापारबाट कमाएको पैसा तलमाथि गरेको अपराधमा ४० वर्षको कैद सजाय भयो। सबैभन्दा आश्चर्यको कुरा रह्यो हो भने नोरियगाले आफ्नो बयानमा अमेरिकी अदालतका न्यायाधीशहरूलाई उनले कसरी अमेरिकाको सीआईएलाई सहयोग गरेका थिए भनेर आफ्नो रक्षा गर्न खोजेका थिए। तर अदालतका न्यायाधिशहरूले उनको यस्ता कुराहरू सुत्रै चाहेनन्। त्यो कुराको लागू पदार्थको आपूर्तिसँग कुनै सम्बन्ध छैन भनेर अमेरिकाले नोरियगालाई दोषी करार गरिदियो।

त्यस्तै अर्को कथा ओसामा बिन लादेनको छ। बिन लादेन सउदी अरेबियाका नागरिक थिए। तर उनी अफगानिस्तान गए र रुसको विरोधमा लडे। रुसले आफ्नो सेना पठाएर अफगानिस्तान कब्जा गरेको थिए। त्यसको विरोध गर्न बिन लादेन अफगानिस्तान गएका थिए। उनले रुससित लडदै गर्दा अमेरिकाको समर्थन र सहयोग पाए। रुसको विरुद्धमा अमेरिका र बिन लादेन एक भए। अमेरिकाले बिन लादेनलाई पैसा र हतियार उपलव्ध गराएर सघाउ पु¥यायो र अन्ततः पछि रुस अफगानिस्तान छोड्न बाध्य पनि भयो।

बिन लादेनले अमेरिकाको ट्वीन टावरलाई ध्वस्त पार्न अमेरिकी हवाईजहाजलाई नै हतियार बनाए। अमेरिकाले अफगानी सरकारलाई बिन लादेनलाई समातेर अमेरिकालाई सुपुर्दगी गर्न भने। तर अफगानिस्तान मानेन। त्यसपछि अमेरिकाले अफगानिस्तानको सरकारलाई नै हटाएर बिन लादेनलाई समात्न खोजेको थियो। तर बिन लादेन भागेर गए र पाकिस्तानमा लुकेर बसे। केही कालपछि अमेरिकाले उनी बसेको ठाउँ पत्ता लगायो र आफ्नो सेना पठाएर रातारात उसको हत्या गरिदियो। पाकिस्तानी सरकारलाई यसबारेमा कुनै अत्तोपत्तो थिएन। यत्रो काण्ड मच्चाएर सबै काम सम्पन्न गरिसकेपछि मात्र त्यहाँको सरकारले यसबारेमा जानकारी पायो। अमेरिकाको विरोधमा पाकिस्तानले केही गर्न पनि सकेन र बिस्तारै यो कुरा यत्तिकै सेलाएर गयो।

यस्ता धेरै उदाहरणहरू पाइन्छन् जसमा शुरूमा अमेरिकाले आफ्नो मान्छे भनेर सहयोग गरेको हुन्छ। तर आफ्नो स्वार्थ विपरीत जस्ले काम गर्छ उसलाई कुनै पनि हालतमा छाड्दैन। एउटा सरकार गए पनि अर्को सरकारले त्यस्ता मानिसमाथिको कार्यवाहीलाई निरन्तरता दिएकोे देखिन्छ। यो एउटा राष्ट्रिय स्वार्थसित गाँसिएको कुरा हो। अमेरिकाको लागि कोही पनि आफ्नो र पराई भत्रे हुँदैन। आफ्नो स्वार्थ पूरा गर्न उसलाई जस्ले साथ दिन्छ त्यसबेलासम्म त्यो अमेरिकाको आफन्त जस्तो देखिन्छ। तर अमेरिकाको इच्छा र इशाराभन्दा बाहिर जाने जो कोहीलाई पनि अमेरिकाले संसारको कुनै कुनामा गए पनि बाँकि राख्दैन। यो कुरा हाम्रा मानिसहरूले पनि राम्ररी बुझेको हुनु पर्दछ।

श्रोत: आइएनएस स्वतन्त्र समाचार

 

The post अमेरिकी स्वार्थ र एमसीसी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6711/feed 0 6711
एमसिसी सदनबाट निष्कर्षमा पुग्ने वातावरण तयार भयो : सञ्चारमन्त्री कार्की https://www.yugdarpan.com/archives/6688 https://www.yugdarpan.com/archives/6688#respond Thu, 24 Feb 2022 13:20:02 +0000 http://www.yugdarpan.com/?p=6688 काठमाडौँ , मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट, (एमसिसी)बारे सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छफफल भर्खरै सकिएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा नेपाली कांग्रेस र नेकपा (एमाले)का अन्य शीर्षनेताहरूसमेत सहभागी उक्त छलफलमा संसद्को अवरोध हटाउने र एमसिसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे कुराकानी भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । छलफलमा सहभागी भएर

The post एमसिसी सदनबाट निष्कर्षमा पुग्ने वातावरण तयार भयो : सञ्चारमन्त्री कार्की appeared first on युग दर्पण.

]]>
काठमाडौँ , मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट, (एमसिसी)बारे सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छफफल भर्खरै सकिएको छ ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा नेपाली कांग्रेस र नेकपा (एमाले)का अन्य शीर्षनेताहरूसमेत सहभागी उक्त छलफलमा संसद्को अवरोध हटाउने र एमसिसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे कुराकानी भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

छलफलमा सहभागी भएर बाहिरिने क्रममा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीले प्रतिनिधिसभामा टेबल भएको एमसिसी सम्झौता निष्कर्षमा पुग्ने वातावरण तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्लाई सुचारु गर्नका निमित्त प्रधानमन्त्रीज्यूले लचकताका साथ अधिकतम सहमति बनाउन सबैसँग छलफल प्रारम्भ गर्नुभएको छ र यो छलफलले संसद् सुचारु हुने विश्वास छ, एमसिसी सदनमा गहनरूपले छलफल भएर निष्कर्षमा पुग्छ ।”

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिमा संसद् सुचारु भई एमसिसीका बारेमा छलफल हुने मन्त्री कार्कीको भनाइ छ । उहाँले समयसीमाभित्रै एमसिसी पारित हुने विश्वास व्यक्त गर्नुभयो । मुलुकको हितका लागि आवश्यक एमसिसी सार्वभौम संसद्ले नै टुङ्ग्याउने उहाँले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीसँगको छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले एमसिसीलगायतका विषयमा खुला छलफल गर्न आफूहरु तयार रहेको छलफलमा सहभागी कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले एमसिसी अन्तर्राष्ट्रियस्तरसम्म पनि जोडिएको छ । यसलाई टुङ्गोमा पु¥याउनुपर्छ, खुला विकल्पमा छलफल गर्न तयार छौँ भन्नुभयो, अङ्क गणितसँग सरोकारको विषय होइन, संसद्मा भाग लिएर मत जाहेर गर्नुस् भन्नुभयो ।”

दलीय सहमतिका लागि आज साँझ सत्ता गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबीच छलफल हुने नेता थापाले जानकारी दिनुभयो । आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगन भए पनि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्नुभएको हो ।

The post एमसिसी सदनबाट निष्कर्षमा पुग्ने वातावरण तयार भयो : सञ्चारमन्त्री कार्की appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6688/feed 0 6688
राप्रपाका निवर्तमान अध्यक्ष थापाद्वारा पार्टी परित्याग https://www.yugdarpan.com/archives/6683 https://www.yugdarpan.com/archives/6683#respond Tue, 08 Feb 2022 13:22:15 +0000 http://www.yugdarpan.com/?p=6683 बाग्मती, राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो । “अत्यन्तै भारी मन तथा पीडावोधका साथ मैले राप्रपाबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ

The post राप्रपाका निवर्तमान अध्यक्ष थापाद्वारा पार्टी परित्याग appeared first on युग दर्पण.

]]>
बाग्मती, राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो ।

“अत्यन्तै भारी मन तथा पीडावोधका साथ मैले राप्रपाबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

The post राप्रपाका निवर्तमान अध्यक्ष थापाद्वारा पार्टी परित्याग appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6683/feed 0 6683
आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त https://www.yugdarpan.com/archives/6672 https://www.yugdarpan.com/archives/6672#respond Tue, 08 Feb 2022 13:05:49 +0000 http://www.yugdarpan.com/?p=6672 काठमाडौँ, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र जारी पूँजी (रु २६ करोड)को

The post आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त appeared first on युग दर्पण.

]]>
काठमाडौँ, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र जारी पूँजी (रु २६ करोड)को शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९५ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आगामी फागुन ४ गतेदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।

सर्वसाधारणले फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए आगामी फागुन १८ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको पूँजीको संरचनामा अधिकृत पूँजी रु ५० करोड र हालको जारी पूँजी रु २६ करोड तथा चुक्तापूँजी रु १७ करोड ५० लाख छ । विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण शेयरको बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी रु २६ करोड पुग्नेछ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा ईक्रा नेपालले कम्पनीलाई ‘ईक्राएनपी आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।

The post आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6672/feed 0 6672
प्रख्यात गायिका मङ्गेशकरको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त https://www.yugdarpan.com/archives/6668 https://www.yugdarpan.com/archives/6668#respond Sun, 06 Feb 2022 11:41:16 +0000 http://www.yugdarpan.com/?p=6668 काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । विश्वप्रसिद्ध गायिका मङ्गेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपतिले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ट्वीट गर्नुभएको छ, “धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवङ्गत लता

The post प्रख्यात गायिका मङ्गेशकरको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त appeared first on युग दर्पण.

]]>
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

विश्वप्रसिद्ध गायिका मङ्गेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपतिले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले ट्वीट गर्नुभएको छ, “धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली ।”

The post प्रख्यात गायिका मङ्गेशकरको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6668/feed 0 6668
एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा https://www.yugdarpan.com/archives/6665 https://www.yugdarpan.com/archives/6665#respond Sun, 06 Feb 2022 11:28:06 +0000 http://www.yugdarpan.com/?p=6665 काठमाडौँ, प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आज अपराह्न बालुवाटार पुग्नुभएको हो । गत असार २९ गते नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बन्नुभएको थियो । सोही दिन नै ओलीले बालुवाटार छाड्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली

The post एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा appeared first on युग दर्पण.

]]>
काठमाडौँ, प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आज अपराह्न बालुवाटार पुग्नुभएको हो ।

गत असार २९ गते नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बन्नुभएको थियो । सोही दिन नै ओलीले बालुवाटार छाड्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ । सो छलफलका लागि ओली बालुवाटार पुग्नुभएको हो ।

उहाँहरुबीच अमेरिकी सहयोग परियोजना (एमसिसि), स्थानीय निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको बालुवाटारले जनाएको छ । यसअघि गत पुस २४ गते प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुग्नुभएको थियो । उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री देउवा बालकोट पुगेको करिब एक महिनापछि एमाले अध्यक्ष ओली बालुवाटारमा छलफल गर्न तयार हुनुभएको हो । एमालेको अवरोधका कारण सङ्घीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन ।

The post एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6665/feed 0 6665
बैतडीका डम्बर हत्या प्रकरण : दुई शिक्षक पक्राउ https://www.yugdarpan.com/archives/6658 https://www.yugdarpan.com/archives/6658#respond Sat, 05 Feb 2022 14:54:06 +0000 http://www.yugdarpan.com/?p=6658 बैतडी, बैतडीको सुर्नया गाउँपालिका– ६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो । उहाँले भन्नुभयो, “पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेका छौँ ।” पक्राउ परेका दुवैजना

The post बैतडीका डम्बर हत्या प्रकरण : दुई शिक्षक पक्राउ appeared first on युग दर्पण.

]]>
बैतडी, बैतडीको सुर्नया गाउँपालिका– ६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो । उहाँले भन्नुभयो, “पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेका छौँ ।” पक्राउ परेका दुवैजना स्थानीय विद्यालयका शिक्षकसमेत हुन् ।

यसअघि डम्मरको हत्यामा संलग्न हरिश अवस्थी र नवराज अवस्थी प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरु हत्यामा संलग्न रहेको स्वीकार गरिसकेकाले अदालतबाट म्याद थपेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गएको मङ्सिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जङ्गलमा गत पुस २८ गते फेला परेको थियो । उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो । हरिशले दिएको लोकेसनका आधारमा डम्बरको शव गाडेको अवस्थामा फेला परेको थियो ।

The post बैतडीका डम्बर हत्या प्रकरण : दुई शिक्षक पक्राउ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6658/feed 0 6658
डडेल्धुरामा हिमपात : जनजीवन कष्टकर, यातायात सेवा प्रभावित https://www.yugdarpan.com/archives/6651 https://www.yugdarpan.com/archives/6651#respond Fri, 04 Feb 2022 11:07:02 +0000 http://www.yugdarpan.com/?p=6651 डडेल्धुरा, बदलिँदो मौसमका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण तराईपहाड आवातजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । हिमपात जारी रहेकाले यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ । बिहीबारदेखि लगातारको हिमपातका कारण विभिन्न पहाडी राजमार्गहरुमा सयौँ यात्रु अलपत्र परेका छन् । मौसम बदली भई लागातार भइरहेको हिमपातले जनजीवन कष्टकर हुनाका साथै यातायातका साधन बन्दले गर्दा यात्रु बीच बाटोमै अलपत्र

The post डडेल्धुरामा हिमपात : जनजीवन कष्टकर, यातायात सेवा प्रभावित appeared first on युग दर्पण.

]]>
डडेल्धुरा, बदलिँदो मौसमका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि परेको हिमपातले जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण तराईपहाड आवातजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । हिमपात जारी रहेकाले यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ । बिहीबारदेखि लगातारको हिमपातका कारण विभिन्न पहाडी राजमार्गहरुमा सयौँ यात्रु अलपत्र परेका छन् । मौसम बदली भई लागातार भइरहेको हिमपातले जनजीवन कष्टकर हुनाका साथै यातायातका साधन बन्दले गर्दा यात्रु बीच बाटोमै अलपत्र परेका हुन् । हिमपातका कारण भीमदत्त राजमार्गको साउखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा यात्रुहरु कष्टकर जीवनयापन गरिरहेका छन् ।

हिमपातले बन्द रहेको राजमार्ग खुलाउन स्थानीय तहका डोजर प्रयोग गरिएको छ । जिल्लाको उच्च लेकाली भाग अनारखोली, भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा बाक्लो हिमपात भएको छ । लामो समयपछि डडेल्धुरामा माघ महिनामा हिमपात भएको स्थानीयवासीको भनाइ छ । निरन्तर हिमपात भई नै रहेको छ । याततयात पुनः सञ्चालन गर्नका लागि डोजरको प्रयोग भए पनि बाटो खुलाउन भने सहज नभएको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिनुभयो ।

तीन वर्षपछिको भारी हिमपात हुँदा डडेल्धुरामा स्थानीयवासी रमाउन थालेका छन् । बिहानदेखि हिउँसँग खेल्नेको भीडले हिउँ परेका क्षेत्र भरिभराउ छन् । गर्मी सुरु हुनै लाग्दा भएको हिमपातले पुनः चिसो बढेको छ । हिमपातसँगै उच्च लेकाली भेगसहित जिल्ला सदरमुकाम क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासी प्रेमबहादुर महरले बताउनुभयो ।

लगातारको हिमपातसँगै सेताम्मे भएका डाँडापाखामा हिउँमा रमाउने युवायुवतीहरुको ताँती छ । हरेक वर्ष हुने हिमपातलाई पर्यटनका रुपमा डडेल्धुरालाई चिनाउन सके हिमपातको समयमा भारतीय तथा नेपाली पर्यटक तान्न सकिने स्थानीयवासी महरको भनाइ छ । हिमपातले जनजीवन कष्टकर भए पनि कृषक भने हर्षित छन् । हिउँका कारण खेतीपाती राम्रो हुने भन्दै कृषक हर्षित बनेका हुन् ।

The post डडेल्धुरामा हिमपात : जनजीवन कष्टकर, यातायात सेवा प्रभावित appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6651/feed 0 6651
पैँतिस लाख ६८ हजार ठगी गर्ने पक्राउ https://www.yugdarpan.com/archives/6648 https://www.yugdarpan.com/archives/6648#respond Fri, 04 Feb 2022 10:54:42 +0000 http://www.yugdarpan.com/?p=6648 काठमाडौँ, नेपाल प्रहरीले रु ३५ लाख ६८ हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई ठगी गर्ने काठमाडौँ स्वयम्भूका ४८ वर्षीय पञ्चमान महर्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले निक्षेपकर्ताको रकम सम्बन्धित व्यक्तिलाई नदिई सो संस्थाका पदाधिकारी एवम् सञ्चालकलाई आर्थिक लाभ

The post पैँतिस लाख ६८ हजार ठगी गर्ने पक्राउ appeared first on युग दर्पण.

]]>
काठमाडौँ, नेपाल प्रहरीले रु ३५ लाख ६८ हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई ठगी गर्ने काठमाडौँ स्वयम्भूका ४८ वर्षीय पञ्चमान महर्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले निक्षेपकर्ताको रकम सम्बन्धित व्यक्तिलाई नदिई सो संस्थाका पदाधिकारी एवम् सञ्चालकलाई आर्थिक लाभ हुने गरी जग्गा खरिद गरी ठगी गरेकाले सो संस्थाका लेखा समितिका संयोजकसमेत रहेका महर्जनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ जिल्ला अदालतको विसं २०७३ असार १९ गतेको फैसलाअनुसार महर्जनलाई ६ महिना कैद सजाया र बिगोबमोजिम रु ३५ लाख ६८ हजार जरिवाना हुने फैसला सुनाएको थियो । पक्राउ महर्जनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालत पेस गरिएको प्रवक्ता महतोले बताउनुभयो ।

The post पैँतिस लाख ६८ हजार ठगी गर्ने पक्राउ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6648/feed 0 6648