सूर्या लाइफको लोभलाग्दो प्रगति,८२.५४ प्रतिशतले खुद बीमा शुल्कमा उछाल, नाफामा ५५.८८ पतिशतले छलाङ


काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा इन्स्योरेन्सले १ अर्ब ८६ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यो गत आवको तुलनामा ८२.५४ प्रतिशतले बढी खुद बीमा शुल्क आर्जन गरेको हो ।

त्यस्तै, यस अवधिमा इन्स्योरेन्सको खुद नाफा ५५.८८ पतिशतले बढेर २९ करोड १० लाख ३५ हजार रुपैयाँ आर्जन गरको छ । गत आर्थिक वर्षको सोहि अवधिमा इन्स्योरेन्सले १८ करोड ६७ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी ५ प्रतिशतले बढेर २ अर्ब २६ करोड २८ लाख ९५ हजार रुपैयाँ रहेकाछ । गत आर्थिक बर्षको सोहि अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख ३८ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, इन्स्योरेन्सको जगेडा कोष ३४.७१ प्रतिशतले बढेर ८० करोड ८५ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ५०.८० प्रतिशतले बढेर १० अर्ब १ करोड ३८ लाख ६८ हजार रुपैयाँ रहेको छ । यस अवधिमा इन्स्योरेन्सको महाविपत्ति कोष ४०.६२ प्रतिशतले बढेर १४ करोड २९ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा इन्स्योरेन्सले ३ लाख ३२ हजार ६०४ वटा बीमालेख जारी गरी ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । सो अवधिसम्ममा कम्पनीले ४ हजार ८३९ वटा दाबी बापत ५७ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९२ वटा दाबी बापत ३ करोड ६१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ १५ पैसा, प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा र मूल्य आम्दानी अनुपात ४८।९३ गुणा छ ।

त्यस्तै, यस अवधिमा इन्स्योरेन्सले लगानी कर्जा तथा अन्य आय रकम २८.६१ प्रतिशत बढेर ६१ करोड ५९ लाख रुपैयाँ र बीमालेख धितोबाट ७०.७५ प्रतिशतले बढेर ७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

 

 

साभार-अर्थपथ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *