नेकपा प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको अनौपचारिक बैठक


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को प्रचण्ड–माधव समूहले संसदीय दलको अनौपचारिक बैठक आह्वान गरेको छ।

सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि प्रचण्ड–माधव समूहले आज अनौपचारिक रूपमा राजधानीमा उपलब्ध सांसदहरूको बैठक आह्वान गरिएको सचेतक देव गुरुङले जानकारी दिए।

अपराह्न ४ बजे बस्ने बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीतिका विषयमा छलफल हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *