पाँच रात लगाएर खिचिएको थियो मुसाको बक्सिङ तस्बिर


बाटोमा दुई वटा मुसा खानाका लागि मानिस जस्तै गरी बक्सिङ खेलिरहेको तस्बिर बेलायतका साम रोली नामका एक फोटोग्राफरले कैद गरेका छन्।

उक्त तस्बिर खिच्न उनले पाँच रात लगाएका थिए। त्यही तस्बिरका कारण रोलीले ‘वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर्स अवार्ड’ हात पारेका छन्। उनको त्यो तस्बिर लन्डनको नेचुरल हिस्ट्री म्युजियममा प्रदर्शनीको लागि राखिएको छ।

Leave a reply

  • Facebook Comments