‘ओलीको विकल्पमा आउने सरकार कांग्रेस नेतृत्वको हुन्छ’


काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्घ अविश्वास प्रस्ताव दर्ता हुने बताएका छन्।

कांग्रेस नेता अशोक कोइरालाको निधनपछि अन्तिम बिदाइमा सहभागी हुन विराटनगर पुगेका कोइरालाले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओली सरकार अवैधानिक भएकाले त्यसको विकल्प अनिवार्य भएको बताउँदै यस्तो भनेका हुन्। उनले भने, ‘अबको १० दिनमै ओली सरकारको विकल्पका लागि संसदमा अविश्वास प्रस्ताव दर्ता हुन्छ। कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वास प्रस्तावमार्फत प्रधानमन्त्रीको विकल्प दिन्छन्।’

यस्तै, महामन्त्री कोइरालाले ओली सरकार अवैधानिक भएकाले अवैधानिक सरकार लामो समय टिक्नु पनि देशका लागि सकारात्मक कुरा नभएको बताएका छन्। उनले अगाडि भने, ‘जुन संसद ओलीले विघटन गरेर समाप्त पार्ने प्रयास गरे, त्यही संसद पुनःस्थापित भएपछि उनी बसिरहनु अनैतिक र अवैधानिक हो। यस्तो अनैतिक सरकार रहनु देशको हितमा हुँदैन। त्यसैले, यसको विकल्प खोज्नु अनिवार्य छ।’

उनले ओलीको विकल्पमा आउने सरकारको नेतृत्व कांग्रेसको हुने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *