छुलिया ग्याङको भ्रममा नपरौँ : योगेश भट्टराई


काठमाडौँ, नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहलाई छुलियाको ग्याङको संज्ञा दिएका छन्। बुधबार आफूहरुको समूहले काठमाडौँमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई ओली समूहले रोक्न हर प्रयास गरेको भन्दै भट्टराईले त्यस्तो कुप्रचारको भ्रममा नपरी भेलामा उपस्थित हुन सबै नेता तथा कार्यकतालाई आग्रह गरेका छन्।

आफ्नो सामाजिक सञ्जालमार्फत नेता भट्टराईले भने, ‘छुलिया ग्याङको कुप्रचारको भ्रममा नपर्नु होला, नेकपा एमालेको आज र भोलिको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ।’

पछिल्लो समय एमालेभित्र देखिएको आन्तरिक विवाद चरम उत्कर्षमा पुग्दै गर्दा माधवकुमार नेपाल र झलनाथ खनालले दुई दिन राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ। उता मंगलबार पार्टीका महासचिव ईश्वर पोखरेलले विज्ञाप्ति जारी गर्दै एमालेको नाममा कुनै पनि भेला नभएको भन्दै सो भेलामा उपस्थित नहुन सबै नेता तथा कार्यकर्तालाई अपिल गरेको थियो।

विज्ञप्तिमा भनिएको छ, ‘यदि भेलामा उपस्थित भए पार्टी अनुसाशनको कारबाहीको चेतावनी दिएको थियो।

 

Leave a reply

  • Facebook Comments