नेता कार्यकर्तालाई गुटगत भेलामा नजान एमालेको निर्देशन


काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नाममा यही चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी सूूचना प्रचार भएकामा सो पार्टीका महासचिव ईश्वर पोखरेलले उक्त भेला आधिकारिक नभएको जनाएका छन्। एमालेको झलनाथ–माधव समूहले आज पत्रकार सम्मेलन गरी भेलाको जानकारी दिएको थियो।

महासचिव पोखरेलको विज्ञप्तिमा ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न÷नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) ले सबै नेता÷कार्यकर्तालाई विशेष निर्देशन गरिएको छ। “अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ” विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *