फेरि पनि संसद विघटन हुन्छः प्रधानमन्त्री


काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विजनेश गर्न नसके फेरि संसद् विघटन हुने बताएका छन्।

राष्ट्रपति विद्या भण्डारीले डाकेको सर्वदलीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापित भएपछि सहज रूपमा चल्न नदिने प्रयास भएको भन्दै सरकार र संसद् चल्न नदिए फेरि पनि संसद विघटन हुने चेतावनी दिएका हुन्।

“प्रतिनिधिसभा चल्न नसक्ने भएपछि विघटन गरेर ताजा जनादेशका लागि चुनाव घोषणा भएको थियो,” प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै भेटमा सहभागी नेमकिपा सांसद प्रेम सुवालले भने, “सरकार सर्वोच्चको आदेश मान्छ, तर संसद् चल्न नदिने प्रयास भयो भने फेरि पनि संसद् विघटन हुन्छ। त्यसको अर्को विकल्प छैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *