काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर भेट्न प्रस्ताव राखेका छन्। पार्टीको आन्तरिक बैठक हुँदै गर्दा ओलीले प्रचण्डलाई फोन गरेको प्रचण्डनिकट एक नेताले जानकारी दिए।
पार्टीको आन्तरिक बैठक हुँदै गर्दा ओलीले आफूलाई फोन गरेको प्रचण्डले बैठकमा सहभागी नेताहरुलाई जानकारी दिएका थिए।
गत २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र पहिलेकै अवस्था हुनु पर्ने भन्दै ओली प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज गरिदिएको थियो। सोही फैसलासँगै नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले ओलीविरुद्ध देशभर समानान्तर राष्ट्रिय भेला आयोजनाको कार्यतालिका सार्वजनिक गरेको छ।