प्रधानमन्त्रीविरुद्घ अविश्वासको प्रस्ताव नलैजाने : नेता पौडेल


काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान परिस्थितिमा सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु कांग्रेसका लागि प्रमुख चुनौती रहेको बताएका छन्।

पर्वतको सदरमुकाम कुश्माबजारमा सोमबार बिहान प्रेस युनियनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु नै कांग्रेसको प्राथमिकता भएको बताएका हुन्। वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्घ आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गरे। नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले वर्तमान परिस्थितिमा नेकपा९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी(जसपा) नेपालसँग मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने धारणा राखेका छन्।

उनले भने, ‘देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्छ तर अन्य दलको बुई चढेर सत्तामा गइहाल्न हुँदैन। अहिले सत्ताभन्दा पनि आफ्नो पार्टीलाई कसरी जनतासमक्ष लोकप्रिय बनाउने भन्नेमा लाग्नुपर्छ, कांग्रेस आन्तरिक किचलोमा फसेको छ, सबै मिलेर कांग्रेसलाई जनताको पहिलो पार्टी बनाउनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *