सिराहा मालपोत कार्यालयमा बम विस्फोट– पाँच घाइते, एकजना गम्भीर


काठमाडौँ, जिल्ला मालपोत कार्यालय सिराहामा बम विस्फोट भएको छ।

मालपोत कार्यालयको प्रांगणमा बम विस्फोट भएको हो। विस्फोटमा परी ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माका अनुसार एक जनाको अवस्था गम्भीर रहेको छ।

लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो। कसले विस्फोट गराएको हो भन्ने खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *