एमालेमा बबण्डरःखनाल, नेपाल समूहले बोलायो आकस्मिक बैठक


काठमाडौँ, एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई थाहै नदिई गोप्य बैठकबाट पदाधिकारी हटाएको भन्दै खनाल, नेपाल समूहले आकस्मिक बैठक बोलाएको छ।

बानेश्वरस्थित एक होटेलमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरू हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल, नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो।

काठमाडौँमा उपलब्ध स्थायी कमिटी सदस्यहरूलाई तत्कालीन परिस्थितिका बारेमा छलफल गर्न भन्दै बोलाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *