देशलाई अस्थीरता तिर लग्ने सित सहकार्य हुँदैन : नेता यादव


काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले देशलाई भड्खालोमा हाल्नेसँग सहकार्य हुन नसक्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग इगित गर्दै शुक्रबार सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

अध्यक्ष यादवले आफ्नो पार्टी जसपाले प्रतिगमनकारी तथा लोकतन्त्र विरोधीसँग कुनै किसिमको राजनीतिक सहयात्रा नहुने बताएका हुन्। ‘जसपा सधैँ लोकतन्त्र, संविधान र सुशासन पक्षमा रहन्छ, सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक ठहर गरिसकेको छ,’ उनले भने, ‘ओलीले राजीनामा गरेर मार्ग प्रशस्त गर्नु पर्छ।’

उनले आफूहरुको संविधान संशोधनको माग यथावत रहेको धारणा राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *