एमालेको पुनःसंरचनाबारे छलफल गर्न माधव पक्षको बैठक


काठमाडौँ, पुनःस्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालतर्फका स्थायी कमिटी सदस्यहरू छलफलमा बस्ने तयारी भएको छ। माधव पक्षको पूर्व एमालेहरूको समूह एमालेको पुनर्संरचनाबारे छलफलका लागि जुट्न लागेको हो।

माओवादीसँग एकीकरण अगाडि एमालेको स्थायी कमिटीमा माधव नेपाल निकट ११ स्थायी कमिटी सदस्य छन्। दुई वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भूसाल, तीन सचिव गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई, सदस्य सुरेन्द्र पाण्डे छन्। वामदेव गौतम तटस्थ रहेको र विद्यादेवी भण्डारी राष्ट्रपति रहेकाले अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटीमा अल्पमतमा छन्। ओलीसँग महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, दुई सचिव प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सदस्यहरू किरण गुरुङ, छविलाल विश्वकर्मा र शंकर पोखरेल छन्।

माओवादीसँग एकता भएपछि भने ओलीतर्फबाट विष्णु रिमाल र रघुवीर महासेठ तथा नेपाल तर्फबाट वेदुराम भुसाल र रघुजी पन्त थपिएका छन्।

हिजोमात्रै माधव नेपाल निकट केन्द्रीय सदस्यको बैठक बसेको थियो। उक्त बैठकमा जुटेकै सहमतिबारे थप छलफल यो समूहले गर्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *