सपना रोकालाई धम्की दिने बस्नेत ५० हजार धरौटीमा रिहा


काठमाडौँ, काठमाडौँमा वेवारिसे लासको व्यवस्थापन गरिरहेकी सामाजिक अभियान्ता सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतलाई काठमाडौँ जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गरेको छ।

जिल्ला अदालतले साइबर अपराधमा ४० हजार र अभद्र व्यवहार कसूरमा १० हजार गरी ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। बस्नेत बुधबार नै धरौटी बुझाएर रिहा भएका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौँले बस्नेतमाथि अनुसन्धान सकेर मंगलबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सरकारी वकिल कार्यालयले बस्नेतविरुद्ध साइबर अपराध र अभद्र ब्यवहार कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

केही युट्युब च्यानलमा अन्तरवार्ता दिँदै बस्नेतले ‘मेरो मोबाइलमा सपनाका नग्न तस्वीरहरु छन्, सार्वजनिक गरिदिऊँ भन्दै धम्की दिएका थिए। त्यसविरुद्ध सपनाले प्रहरीमा किटानी जाहेरी दिएपछि बस्नेत ४ फागुनमा बसपार्कबाट पक्राउ परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *