पूर्वमाओवादी केन्द्रका नेता रामबहादुर थापालाई एमालेको उपाध्यक्ष बनाउने ओलीको तयारी


काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेका बेला आफूलाई साथ दिएका गृहमन्त्री तथा पूर्वमाओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’लाई उपध्यक्ष बनाउने भएका छन्। खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाका अनुसार बादल एमालेको उपाध्यक्ष बन्ने भएका हुन्।

यससँगै तत्कालीन नेकपा एमालेमा उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवालीको भूमिकामाथि प्रश्न चिह्न उठेको छ।संकटका बेला ओलीलाई साथ दिने माओवादी केन्द्रका सबै नेताहरूलाई एमालेभित्र उचित सम्मान दिने एमालेका नेताहरुले बताएका छन्। सांसद पदसमेत त्याग गर्न तयार भएका राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभाका माओवादी केन्द्रका नेताहरुलाई सम्मानका साथ पार्टीमा राख्ने भएको हो।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै उनको पक्षमा माओवादीका नेताहरु उभिएका थिए। जसमा पूर्व माओवादीका नेताहरु बादलसहित मणिचन्द्र थापा, प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, र दावा लामा रहेका छन्।

एमालेकै नेता माधवकुमार नेपाल पक्षसँग कसरी जाने भन्ने विषय अन्योलमा नै रहेको एमालेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *