एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?


काठमाडौं । बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १५० को मूल्य घटाएको छ । नेपालमा विक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ ।

यस्तोमा कम्पनीले यसको मूल्य घटाएर बजारमा आफ्नो पकड अझै बलियो बनाउन चाहेको देखिन्छ । ‘अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार नै यस वर्ष धेरै मूल्य बढाउनु पर्ने अवस्था आयो । यस्तोमा उत्पादक कम्पनीसँग नै पहल गरेर हामीले पल्सर १५० मा मूल्य घटाएका हौं’, कम्पनीको उच्च व्यवस्थापन स्रोतले मेरोअटोसँग भन्यो ।

यो पनि , नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ । ६.५१ इन्च इड्ज–टु–इड्ज सम्म फैलिएको यो स्मार्ट फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो भएको एचएमडी ग्लोबलका हेड अफ पान एसियाका रवि कुँवरले बताए ।

नयाँ विस्तारित एचडी प्लस स्क्रिन भिडियो कलिंग एपको साथ आउने भन्दै उनले जुन परिवारलाई वर्तमान अवस्थाको बीचमा जडित रहन मद्दत गर्ने बताए ।गुगलको क्यामेरा गो एपमा जडित डुअल क्यामेरा सेटअपले कुनै पनि समयमा तथा कम प्रकाशको अवस्थाहरूमा समेत उच्च गुणस्तरको फोटोहरू लिन मद्दत गर्ने उनले बताए ।

‘क्यामेरा गो एप र नोकिया १.४ को डुअल रियर र फ्रन्ट–फेसिंग क्यामेराको शक्तिशाली संयोजनले परिवारको अनमोल यादहरूलाई आश्चर्यजनक बोकेह पाट्रेट र कम–प्रकाश सुन्दर शटहरूमा खिच्दछ । ब्लर पृष्ठभूमिमा प्रोफेशनल फोटोहरू खिच्न पाट्र्रेट मोडको साथ बहुमूल्य पारिवारिक क्षणहरू क्याप्चर गर्नुहोस् । र, कलर रिच तथा र क्रिप्स कम–प्रकाश शटहरू लिन फ्ल्याशको आवश्यकता बिना नै नाइट मोड प्रयोग गर्नुहोस् । सहयोगी स्टोरेज सूचकहरूले स्पेसको सबै चिन्ताहरु ह्टाउछ ताकि तपाईं स्न्यापलाई जारी राख्न सक्नुहुन्छ’, कम्पनीले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *