हत्या गरी सुटकेशमा शव फाल्ने मुडभरीलाई आजीवन जेल सजाय


काठमाडौं। कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याँक्ने कल्पना मुडभरीलाई आजीवन जेल सजाय सुनाइएको छ। उनले रोल्पा रून्टीगढी गाउँपालिका ७ घर भई गोंगबुमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटेर टुक्रा बनाएर फ्याँकेकी थिइन्।

उनको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँकेकी थिइन्। यस्तै, टाउको र खुट्टा प्लाटिकमा राखेर फालेकी थिइन्। जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको अदालतले जनाएको छ। न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जिवीत रहुञ्जेल काराबासको सजाय सुनाएका हुन्।

त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन्। नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो। सुटकेस बोकाउन सहयोग गरेको भनिएकी छोरीलाई अदालतले सफाइ दिएको हो।

उनले मृतक रहेको सुटकेस फोहोर भएको भन्ठानेर फोहोर फाल्न लगेको भन्ने बयान दिएकी थिइन्।

गोंगबु बस्ने बोहराको टाउको र खुट्टाबिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *