सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता


काठमाडौं । सरकार र विप्लव समूहसँग एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् ।

यसअघि बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पहिलो चरणको वार्ता भएको थियो । दोस्रो चरणको वार्ता पनि बालुवाटारमा नै भएको हो ।
वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *