बीमा कम्पनीको ‘सर्वाधिक बोनसदर’ प्रचारको साधन मात्रै, यस्तो छ हाल सम्म प्रकासित कम्पनीको बोनस दर


काठमाडौं। बीमा कम्पनीहरुले आफ्नो सर्वाधिक बोनसदरलाई प्रचार गर्ने गरेका छन्। जवकी उक्त बोनसदरको लाभ लिनेको संख्या भने एकदमै कम छ। बीमा कम्पनीहरुले बीमितलाई सर्वाधिक बोनसदरको प्रचार गर्दै बीमाङ्कको डबल, तेब्बर हुने भन्दै प्रचार गर्ने गरेका छन्। तर उक्त बोनसदरको लाभ लिनेको संख्या भने एक प्रतिशत पनि छैन।

आर्थिक वर्ष २०७५र७६ को बोनसदर सार्वजनिक गर्ने मध्ये सबैभन्दा धेरै बोनसदर एशियन लाइफ इन्स्योरेन्सको ८७ रुपैयाँसम्म रहेको छ। तर यो बोनदर पाउनेको संख्या जम्मा ३८५ जना मात्रै छ। कम्पनीको २५ वा सो भन्दा बढि अवधिको सावधिक तथा आजीवन बीमालेख खरिदकर्ताले उक्त बोनसदर प्राप्त गर्न सक्छन्। कम्पनीमा सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको बीमालेख खरिदकर्ता छन्। तर उनिहरुले प्रतिहजार ६० रुपैयाँ मात्रै बोनसदर प्राप्त गर्छन्।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनसदर प्रतिहजार ८५ रुपैयाँ रहेको छ। २६ वा सो भन्दा बढि अवधिको सावधिक जीवन बीमालेख खरिद गर्नेले उक्त बोनसदर प्राप्त गर्न सक्छन्। तर कम्पनीको यो बोनसदर प्राप्त गर्नेको संख्या जम्मा तीन हजार ७१४ जना मात्रै छन्। जवकी कम्पनीको प्रतिहजार ६४ रुपैयाँ बोनसदर पाउनेको संख्या सबैभन्दा धेरै एक लाख ४८ हजार भन्दा माथि छ।

नेशनलकै २६ वा सो भन्दा बढि अवधिको सावधिक तथा आजीवन बीमालेखको बोनसदर प्रतिहजार ८५ रुपैयाँ छ। तर यसको लाभ प्राप्त गर्नेको संख्या सुन्य छ। कम्पनीका अधिकाम्स बीमितले प्राप्त गर्ने बोनसदर प्रतिहजार ६४र६५ रुपैयाँ मात्रै छ। यहि तथ्याङ्कबाट कम्पनीले प्रचार गरे जस्तो अधिकतम बोनसदरको लाभ पाउनेको संख्या धेरै कम छ।

सर्वाधिक बोनसदरको प्रचार गर्ने नेपाल लाइफको पनि प्रति हजार ८२ रुपैयाँ बोनस प्राप्त गर्नेको संख्या जम्मा ३६६७ जना मात्रै छन्। नेपाल लाइफमा प्रतिहजार ६५ रुपैयाँ बोनसदर प्राप्त गर्नेको संख्या ७० प्रतिशत भन्दा धेरै छ। नेपाल लाइफमा सबैभन्दा बढि अवधिको बीमालेख खरिदकर्ताले मात्रै राम्रो बोनसदर प्राप्त गर्ने गरेका छन्।

त्यस्तै प्राइम लाइफको अधिकतम बोनसदर प्रतिहजार ७५ रुपैयाँ छ। तर यो बोनसदर प्राप्त गर्नेको संख्या जम्मा १४३ जना मात्रै छन्। कम्पनीमा १५ देखि १९ वर्ष अवधिको सावधिक जीवन बीमालेख खरिदकर्ता ८८ हजार २८० जना छन्। तर उनिहरुले पाउने बोनसदर जम्मा प्रतिहजार ४१ रुपैयाँ मात्रै रहेको छ।

सूर्या लाइफले सर्वाधिक बोनसदर प्रतिहजार ७३ रुपैयाँ रहेको भन्दै प्रचार गर्ने गरेता पनि यसको लाभ लिनेको संख्या जम्मा १८० जना मात्रै छन्। पुराना सँगै नयाँ आएका कम्पनीहरुले पनि सिमित बीमितले प्राप्त गर्ने बोनसदरलाई बढि प्रचार गरिरहेका छन्। नयाँ आएका कम्पनीहरुको सुरुवाती अवस्थामा राम्रो बोनसदर हुँदैन। तर उनिहरुले धेरै लामो अवधिको बोनसदरलाई प्रचार गरेर बीमितलाई मिससेलिङ गरिरहेका छन्।

आइएमई लाइफको अधिकतम बोनसदर प्रतिहजार ७० रुपैयाँ रहेको छ। यो बोनसदर प्राप्त गर्नेको संख्या जम्मा १६४ जना मात्रै छन्। कम्पनीको न्युनतम बोनसदर प्रतिहजार १३ रुपैयाँ छ। तर यो बोनसदर प्राप्त गर्नेको संख्या भने २०१६ जना छन्।

सिटिजन लाइफको सर्वाधिक बोनस दर प्रतिहजार ७३ रुपैयाँसम्म रहेको छ। तर यो बोनसदर पाउनेको संख्या जम्मा एक जना मात्रै छन्। यो बोनसदर पाउन ३० वर्ष भन्दा बढि अवधिको बीमालेख खरिद गर्नु पर्ने हुन्छ।

ज्योति लाइफको सर्वाधिक बोनसदर ७५ रुपैयाँ रहेको छ तर यो प्राप्त गर्नेको संख्या जम्मा ७३ जना मात्रै छन्। त्यस्तै लाखौको संख्यामा बीमित रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको अधिकतम बोनसदर ८० रुपैयाँ रहेको छ तर यो प्राप्त गर्नेको संख्या भने ५ हजार ५५० जना मात्रै रहेका छन्।

बीमितको संख्या एकदमै कम रहेको महालक्ष्मी लाइफको बोनसदर नयाँ आएका कम्पनीको भन्दा केहि राम्रो छ। कम्पनीको अधिकतम बोनसदर ५२ रुपैयाँ रहेको छ भने न्युनतम बोनसदर ५० रुपैयाँ छ। अधिकतम बोनसदर ५२ रुपैयाँ पाउनेको संख्या जम्मा १४ जना मात्रै छन्।

प्रभु लाइफको अधिकतम बोनसदर ७० रुपैयाँसम्म रहेको छ। तर यो बोनसदर प्राप्त गर्नेको संख्या ९२ जना मात्रै छन्। कम्पनीको न्युनतम बोनसदर पाउनेको संख्या भने बढि छ। नयाँ बीमा कम्पनी रिलायन्स लाइफको पनि अधिकतम बोनसदर प्रतिहजार ७० रुपैयाँ छ। तर यसको लाभ पाउनेको संख्या जम्मा १५७ जना मात्रै छ।

भर्खरको उमेर समुहका मानिसको धेरै समयका लागि बीमा गर्दा बोनसदर राम्रो निष्कन्छ । तर ४०र५० वर्ष उमेर समुहका मानिहरुलाई जारी गरिएको पोलिसीमा जोखिम पनि धेरै हुने भएकाले बोनसदर कम निष्कन्छ। जीवन बीमा अधिकतम ६० वर्षसम्मकाले गर्न पाउछन्। उनिहरुको बीमा अवधि कम हुनुका साथै यो समुह सबैभन्दा जोखिमको समुह हो, त्यसैले गर्दा यस्तो समुहको बोनसदर सबैभन्दा कम आउछ। अर्को तर्फ बाल बालिकाले खरिद गर्ने पोलिसीमा पनि बोनसदर धेरै राम्रो पाइदैन।

कम्पनीहरुले बीमितहरुलाई आकर्षित गर्न थोरै समयको बीमा पोलिसी जारी गर्दा बीमा कम्पनी र बीमित दुबै पक्षका लागि घाटा हुन्छ। थोरै अवधिको बीमालेखबाट कम्पनीले पनि धेरै लामो समयसम्मका लागि लगानी गर्न पाउदैन अर्को तर्फ बीमितले पनि थोरै बोनसदर पाउने भएकाले पोलिसी परिपक्व पछि प्राप्त हुने बोनस पनि कम हुन जान्छ।

बोनस दर जीवन बीमा कम्पनीहरुलाई मूल्याङ्कन गर्ने एउटा महत्वपुर्ण सूचक हो। जुन कम्पनीको बोनसदर राम्रो हुन्छ बीमितले आफ्नो बीमा पलिसी परिपक्व हुँदा अधिकतम लाभ लिन सक्छन्।

एक्चुरीहरुले कम्पनीको वित्तीय अवस्था तथा सम्बन्धित बीमालेखको जोखिम तथा उक्त बीमालेखबाट कम्पनीले आर्जन गर्न सक्ने आम्दानी लगायतका कुराहरुलाई मूल्याङ्कन गरेर बोनसदर निकाल्छन्।

बीमितले हरेक वर्ष भुक्तानी गर्ने बीमा शुल्कमा सोही वर्षको बोनसदरले गुणा गरे पछि मात्रै बोनस प्राप्त गर्न सक्छन्। यस्तो बोनसदर हरेक वर्ष निकाल्छ। त्यसैले गर्दा हरेक कम्पनीको बोनसदर परिवर्तन भैरहन्छ। एक वर्ष राम्रो बोनसदर देखिदैमा अर्को वर्ष पनि सोहि बोनसदर निर्धारण हुन्छ भन्ने हुँदैन। बीमा कम्पनीहरुले आफ्नो लगानी कत्तीको सुरक्षित क्षेत्रमा गरेका छन्, कुन समुहका मानिहरुलाई बीमा पोलिसी बिक्री गरिएको छ भन्ने कुराले पनि बोनसदर निर्धारणमा भुमिका निर्वाह गर्छ। त्यसैले गर्दा बीमितले आफ्नो बीमा गर्नु भन्दा अगाडि कम्पनीको अवस्था तथा विगका वर्षमा सम्बन्धित कम्पनीले दिएको बोनसदरहरुलाई अध्ययन गर्दा राम्रो हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *