प्रधानमन्त्री ओली पक्षको स्थायी समिति बैठक बस्दै, तत्काल राजीनामा नदिने पक्षमा ओली


काठमाडौं। सर्वोच्च अदालतले सरकारले गरेको प्रतिनिधिसभा विघटन बदर गरेपछि उत्पन्न राजनीतिक परिस्थितीबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले स्थायी समिति सदस्यहरूको बैठक बोलाएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने भएको हो।

प्रधानमन्त्रीका प्रेस सूर्य थापाले सर्वोच्चको निर्णयसँगै प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने जानकारी दिइसकेका छन्। अदालतको निर्णयले राजनीतिक समस्या समाधान नगर्ने ओली पक्षको बुभाई छ।

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको भन्दै मंगलबार सर्वोच्च अदालतले ठहर गरेको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो।

त्यस्तै, १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *