प्रथम अन्तर लायन्स दौड प्रतियोगिता सम्पन्न


काठमाडौं। प्रथम अन्तर लायन्स दौड प्रतियोगिता सम्पन्न भएको छ। ‘डिस्ट्रिक्ट ३२५ ए १’ले आयोजना गरेको २.५ किलोमिटरको उक्त प्रतियोगितामा पुरुषतर्फ प्रथम भट्टराई प्रथम, धर्म शरण श्रेष्ठ द्वितीय र पुरुशोत्तम खरेल तृतीय भए।

यस्तै, महिलातर्फ अमृता केसी प्रथम, सपना चौधरी द्वितीय र सुश्मा पाण्डे तृतीय भएका छन्। विजयी प्रतियोगीहरूलाई लायन्स लिडरहरूले शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए।

बुढानीलकण्ठ झोरस्थित अनाथालय ‘चिल्ड्रन एण्ड युथ मोभिलाइजेन्स एकेडेमी’को पुस्तकालय व्यवस्थापनका लागि आर्थिक सहयोग जुटाउन कार्यक्रम गरिएको डिष्ट्रिक ३२५ ए १ ले जानकारी दिएको छ। यस डिष्ट्रिकअन्तर्गतको ४० भन्दा बढी क्लबहरूको संयोजनमा गोकर्णेश्वर नगरपालिकाको राष्ट्रिय सहिद पार्कस्थित जगडोलमा प्रतियोगिता सम्पन्न भएको हो।

सामाजिक सेवामा विश्वकै अग्रणी मानिने लायन्स क्लब इन्टरनेशनलको नेपालमा एउटा मल्टिपलसहित ४ वटा डिस्ट्रिक्ट रहेका छन्। प्रतियोगितामा पुरुष र महिला गरी एक सय ३० प्रतियोगीहरू सहभागी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *