बराबर अनुपातमा प्रचण्ड–माधवले गरे एकता (९ बुँदे मापदण्डसहित)


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ। समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरूमा हस्ताक्षर गरेका छन्।

उक्त मापदण्डअनुसार नेकपाको कमिटीहरूमा अब दुवै पक्षको ५०(५० प्रतिशत हुने भएको छ। समूहका अनुसार मापदण्डबमोजिम प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम्‌ पार्टी कमिटीहरू तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिनेछ।

यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरूमा समेत कमिटीको कुल सदस्य संख्यामा दुवै पक्षको बराबर हिस्सा रहने गरी अनुपात मिलाइने सहमति बनेको छ।

एमाले र माओवादीबीच एकता हुँदा ६०(४० को अनुपातमा एकता भएको थियो। यो समूहले ५०(५० प्रतिशत अधिकार एक-अर्कासँग रहने गरी ९ बुँदे मापदण्डमा हस्ताक्षर गरी एकतालाई औपचारिकता दिएको हो.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *