डाक्टर रुइतलाई सर्वोच्च मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ प्रदान गरिने


काठमाडौँ । वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतसहित ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा (तक्मा)विभूषित गरिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा नाम घोषणा गरिएको हो । उनीहरुलाई आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपतिले तक्मा प्रदान गर्नेछिन् ।
यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ डाक्टर सन्दुक रुइतलाई प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *